'नेकपाको एकताले दुनियाँ चकित परेको छ'

'नेकपाको एकताले दुनियाँ चकित परेको छ'

काठमाडौं : नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले नेकपाको एकीकरणले दुनियाँ चकित पारेको बताएकी छिन्। शनिबार ललितपुर जिल्ला पार्टी कार्यलयको उदघाटन कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेकी हुन् । 

'एकीकरण हुन्छ भनेर विश्वले पत्याएको थिएन'। प्रदेश सांसदसमेत रहेकी नेतृ शाक्यले भनिन् 'शान्तिपूर्ण आन्दोलन गर्दै आएको एमाले र सशस्त्र द्वन्द्वबाट अगाडी आएको माओवादीको एकता चानचुने उपलब्धी होइन'। 

 एकता पछि जनताले पत्याएर ठूलो पार्टी बनाएको र जनताका अपेक्षालार्इ दुर्इतिहाइको सरकारले मनन गर्नुपर्ने बताइन्। उनले उदघाटन गरिएको पार्टी कार्यलय एमालेको नभइ संयुक्त भएको र पार्टी कार्यलय घर जस्तो हुनुपर्ने धारणा व्यक्त गरिन्।

 पूर्व एमाले र पूर्वमाओवादी दुवैलार्इ अपनत्व हुने गरी कार्यालय सञ्चालन गर्न शाक्यले सुझाव दिइन्। अन्य ठाउँको कार्यलय एकीकृत नभएको भन्दै मुलुकको सिंगो संरचना एक बनाउनुपर्ने  उनले बताइन्। 

त्यस्तै कार्यक्रममा उपस्थित नेकपाकी स्थायी कमीटी सदस्य  तथा ललितपुर क्षेत्र नं 3 की सासद पम्फा भुसालले ललितपुर कम्युनिस्ट आन्दोलनको आधार भएको बताइन । पाटी एकीकृत गरेर इतिहास रचेको भन्दै अबका केही दिनमा पार्टीको वडास्तरको एकीकरण अघि बढ्नु पर्ने धारणा व्यक्त गरिन्

उनले भनिन '15 दिनभित्र वडास्तरको समायोजन सकिनुपर्छ'। नेकपाका अर्का नेता नारायण दाहलले नेकपा केही योजनाक साथ अगाडी बढेको र कार्यलय मात्र होइन सम्पति एकीकरण गर्ने काम एक सातामा सकाउने दाबी गरे । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.