सुनसरीबाट हतियारसहित तीन भरतीय पक्राउ

सुनसरीबाट हतियारसहित तीन भरतीय पक्राउ

धरान : सुनसरीका विभिन्न स्थानमा अवैध हतियार कारोबार गर्दै आएका तीन भारतीयलाई प्रहरीले सार्वजनिक गरेके छ। 

अवैध हतियारको कारोबार गर्ने तीनजनाको समूहलाई सशस्त्र प्रहरीले सुनसरीको हरिपुर र श्रीपुर नाकाबाट शनिबार पक्राउ गरेको हो। अर्का एक नेपालीलाई भने धरान प्रहरीले पक्राउ गरेको छ। 

शनिबार दिउँसो सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल भारत सीमा क्षेत्रको  श्रीपुर र हरिपुरनाकाबाट दुई थान पेस्तोलसहित भारत सुपौल घर भएका १८ वर्षीय विवेक यादव, १७ वर्षीय सुमितकुमार गोहित र वीरपुरका रञ्जितकुमार मुखियालाई पक्राउ गरेको हो।

सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेशकुमार श्रेष्ठका अनुसार यादव र गोहितको साथबाट एक थान कटुवा पेस्तोल, मोवाइल, मोटरसाइकल तथा मुखियाको साथबाट एक थान चाइनिज पेस्तोल बरामत भएको छ।

भारतको वीरपुर नाका हुँदै हतियार लिएर नेपाल प्रवेश गरेको समूहलाई गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय धरानले शुक्रबार राति अटोमेटिक अमेरिकन पेस्तोलसहित सुनसरी बराहा नगरपालिकाका श्यादेव मण्डललाई पक्राउ गरेको छ। 

हतियारसहित पक्राउ परेका उनलाई  प्रहरीले सार्वजनिक भने गरेको छैन्। धरानका डीएसपी सुमन तिम्सिनाले हतियार कारोबारमा संलग्न अन्य व्यक्ति पनि रहेकाले अनुसन्धानमा बाधा पुग्ने भएकाले सबै कुरा भन्न नमिल्ने बताए।

सुनसरीका विभिन्न स्थानमा एकैसाथ हतियारसहित भारतीय नागरिक पक्राउ परेपछि जिल्ला भर सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल भारत सीमा क्षेत्र र मुख्य बजारमा प्रहरीले निगरानी बढाएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.