बलात्कार भिडियो निर्माणको रकम मागेपछि घटना सार्वजनिक

बलात्कार भिडियो निर्माणको रकम मागेपछि घटना सार्वजनिक

वीरगन्ज : वीरगन्जकी ४० वर्षीया दलित महिला सामूहिक बलात्कारमा परेकी छन्। चार युवाले गत कात्तिक ५ गते उनको बलात्कार गरेका थिए। उनीहरूले त्यसको भिडियोसमेत बनाएका थिए।

वीरगन्ज महानगरपालिका-१८ भवानीपुरमा पर्ने सौराहा गाउँका उनीहरूले पीडित महिलालाई भिडियो देखाई रकम मागेर धम्क्याएको घटना खुलासा भएको छ।

राति १० बजेतिर शौच गर्न खेतमा गएका बेला उनलाई ३५ बर्से मनोज साह तेली, ३० बर्से कृष्ण साह र २४ बर्से दिलिप सहनीले बलात्कार गरेका थिए। बलात्कार गरेको भिडियो ३५ बर्से आकाश साहले मोबाइलमा भिडियो खिचेका थिए।

त्यही दिन पर्साको पर्सागढी नगरपालिकामा पर्ने डोकैला बहुअरीको मेलामा रक्सी खाएर घर फर्किँदा ती ४ जनाले खेतमा ती महिला एक्लै देखेपछि पक्रेर बलात्कार गरेका थिए।

पीडित महिलाका अनुसार २ दिनपछि कात्तिक ७ मा आकाशले घटनाको भिडियो सबैलाई देखाइदिने धम्की दिँदै २५ हजार रुपैयाँ मागेका थिए। पिडितले रकम दिन मानिनन्। आकाशले गाँउका दुई जनालाई भिडियो देखाएपछि घटनाबारे गाउँलेले थाहा पाएका थिए। यसबारे गाँउमा हल्लीखल्ली भए पनि पीडितले प्रहरीमा उजुरी दिएकी थिइनन्।

गाउँका अगुवा महिलाले थाहा पाएपछि घटनाको एक सातापछि मात्र उनीहरूकै सहयोगमा पीडितले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा पीडक चार युवाविरुद्ध कारवाहीको माग गर्दै लिखित किटानी जाहेरी दिएकी छन्। उनले उजुरी दर्ता गरेको ३ साता बितिसक्दा पनि आरोपितहरूलाई प्रहरीले पक्रन सकेको छैन।

प्रहरीले आरोपित पक्रन चासो नदेखाएपछि गाँउका अगुवा महिलाहरूको मद्दतमा पीडितले शनिबार वीरगन्जमा जानकारी गराएपछि घटना बाहिर आएको हो। सामसुम पार्न आरोपितका आफन्तले ५ लाख रुपैयाँ र ५ कठ्ठा जग्गा दिने प्रलोभन देखाएकाले पीडितले उजुरी गर्न ढिलाइ गरेको गाँउका दलित अगुवा जयमंगल हाजराले बताए।

घटना थाहा पाएपछि वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले पनि आरोपितमाथि कारवाही माग गर्दै उजुरीमा हस्ताक्षर गरेको हाजराले बताए। वडाध्यक्ष कुर्मीले पनि दलित महिलामाथि भएको जघन्य अपराधमा संलग्नमाथि कारवाही हुनै पर्ने बताए।

‘प्रहरीमा उजुरी गरेको ३ हप्ता बितिसकेको छ’, उनले भने, ‘तर अहिलेसम्म प्रहरीले एक जनालाई पनि पक्रन सकेको छैन।’ सौराहाकी अगुवा रूपा पाण्डेले बलात्कार जस्तो जघन्य अपराध हुनु र अझ पीडकहरूले भिडियो खिचेर रकम माग्दै धम्की दिनु ठूलो अपराध भएको बताइन्। ‘यस्ता नीच अपराधीमाथि हदैसम्मको कारवाही हुनै पर्छ’, उनले भनिन्, ‘तर प्रहरी कानमा तेल हालेर बसेको छ।’

पर्साका एसपी रेवती ढकालले घटनामा संलग्न चारै जनाविरुद्ध मुद्दा दर्ता भइसकेको बताए। ‘आरोपित पक्रन प्रहरी परिचालन भइसकेको छ तर उनीहरू घर छाडेर फरार छन्’, ढकालले भने, ‘प्रहरीले यो घटनालाई गम्भीर रूपमा लिएको छ, ढिलो चाँडो उनीहरू पक्राउ पर्छन् नै।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.