धरानमा डेंगुको प्रकोप

धरानमा डेंगुको प्रकोप

धरान : सुनसरीको धरानमा तिहारपछि आठ जना डेंगुरोगी भेटिएका छन् । अव्यवस्थित बंगुरपालन र जथाभावी पानी जमेका कारण लामखुट्टेको संख्या बढेपछि डेंगु संक्रमण भएको हो । स्थानीय विजयपुर अस्पतालमा बिरामीको उपचार भइरहेको निर्देशक प्रभाव खतिवडाले बताए । औषधि विभाग प्रमुख सन्दीप वज्राचार्य नेतृत्वको चिकित्सक टोली खटिएको उनले सुनाए । वडा नम्बर ९ का मणि लिम्बू, १० का हेमन्त राई, १५ का सुमत तामाङ, नीरकुमार लोहोर, रहरबहादुर शंकर, मोहन शंकर, १६ का रमेश नेपाल र १७ का रमिला राई उपचाररत छन् । यो रोग लाग्दा सुरुमा ज्वरो आउने, बान्ता हुने पीडितको भनाइ छ ।

डा. वज्राचार्यका अनुसार एडिज अजिप्टाई प्रजातिको पोथी लामखुट्टेले टोक्दा यो रोग मान्छेमा सर्छ । यस्तो लामखुट्टेले दिउँसो मात्र टोक्ने गरेकाले सावधानी अपनाए डेंगुबाट बच्न सकिने उनको भनाइ छ । लामखुट्टेले सफा पानीमा मात्र लार्भा पार्ने भएका कारण घर वरिपरि जम्न दिन नहुने उनले सुनाए ।

लामखुट्टे मार्न सबै वडामा विषादी छर्ने काम भइरहेको कार्यवाहक मेयर मञ्जु भण्डारीले बताइन् । पानीको स्रोत सफा राख्न, घर वरिपरि पानी जम्न नदिन र घरआँगन सफा राख्न उपमहानगरपालिकाले स्थानीयलाई अनुरोध गरेको छ । अव्यवस्थित बंगुरपालनले लामखुट्टे बढेका कारण डेंगुको जोखिम बढेको स्थानीयको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.