विराटनगरमा लक्ष्यभन्दा बढी राजस्व संकलन

विराटनगरमा लक्ष्यभन्दा बढी राजस्व संकलन

विराटनगर : आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको तीन महिनामा लक्ष्यभन्दा आठ प्रतिशत बढी राजस्व संकलन गरेको छ। साउनदेखि असोजसम्म एक अर्ब ४८ करोड संकलनको लक्ष्य लिएको कार्यालयले एक अर्ब ५९ करोड रुपैयाँ राजस्व उठाएको छ। कार्यालय प्रमुख दिलीप गौतमले साउनदेखि असोज अन्तिमसम्ममा लक्ष्यभन्दा ११ करोड रुपैयाँ बढी राजस्व संकलन भएको जानकारी दिए।

सातौं राष्ट्रिय कर दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा गौतमले भने, ‘एक अर्ब ४८ करोडको लक्ष्य लिएकोमा एक अर्ब ५९ करोड संकलन भएको छ। यसले करदातामा राजस्व तिर्नुपर्छ भन्ने भाव जागृत गरेको प्रष्ट हुन्छ।’ आर्थिक वर्ष २०७४÷०७५ को सुरुवाती तीन महिनामा एक अर्ब २१ करोड रुपैयाँ राजस्व उठेको थियो। गौतमले अघिल्लो वर्षको तीन महिनाको तुलनामा यस वर्ष ३० प्रतिशत बढी राजस्व संकलन भएको बताए।

लक्ष्यभन्दा बढी राजस्व संकलन हुनुलाई सरकारले लिएको ‘प्यान अफ अल’ भन्ने नीति सफल भएको रूपमा लिनुपर्ने उनको भनाइ छ। मोरङमा व्यावसायिक र व्यक्तिगत गरेर ७२ हजार करदाता छन्। व्यवसायिकतर्फ ४२ हजारको संख्यामा करदाता करको दायरामा छन्।

कार्यालय प्रमुख गौतमले करका विषयमा विभिन्न प्रकारका प्याकेज, गाउँगाउँमा घुम्ती सेवालगायत कारण करदाता करको दायरामा आकर्षित हुँदै गएको बताए। करको दायरा बढाउने र करदाताको सहजताका लागि विराटनगरसँगै विराटचौकमा कर दाता सेवा कार्यालय सञ्चालन गरिएको उनको भनाइ छ। विराटचौक क्षेत्रमा कम्तीमा १५ हजार कर दाता रहेको लक्ष्मीमार्ग व्यापार प्रबन्ध समितिका अध्यक्ष विवेक मि श्रले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.