पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षीया भगवतीदेवीलाई

पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षीया भगवतीदेवीलाई

फिदिम : नेपालमै पहिलोपटक पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । सोमबार एक कार्यक्रमबीच गृहमन्त्री रामबहादुर थापाले जिल्लाकै सबैभन्दा जेष्ठ १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचय पत्र वितरण गरेका हुन् । भण्डारीले परिचयपत्र प्राप्त गरेपछि गृहमन्त्री थापालाई पनि परिचयपत्र प्रदान गरेकी छन् । 

२०७४ भाद्र १९ गतेको सरकारी निर्णयानुसार पहिलोपटक पाँचथरका नागरिकलाई परिचयपत्र वितरण गरिएको हो । सोमबारदेखि सुरु परिचयपत्र वितरण निरन्तर चल्ने छ । 
पहिलो दिन पाँचथरका ५० जना नागरिकलाई परिचयपत्र वितरण गरिएको हो । पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारभित्र काम गर्ने कर्मचारीलाई परिचयपत्र  वितरण गर्न थालिएको हो ।

परिचय पत्र एटिएम कार्ड जस्तै छ । व्यक्तिका सम्पूर्ण विवरण राख्न मिल्ने गरि परिचय पत्र बनाइएको छ । १० वटा अंक रहेको परिचयपत्रमा प्रत्येक व्यक्तिको नम्बर फरक रहने छ । 

नागरिकता लिएका र नागरिकता लिन योग्य व्यक्तिलाई परिचयपत्र वितरण गर्न थालिएको हो । दीर्घकालमा बच्चा जन्मनेबित्तिकै १० अंक भएको परिचयपत्र गरिने महानिर्देशक काफ्लेले जानकारी दिए । 

५० डिग्री सेन्टिग्रेटसम्मको तापक्रममा नपग्लने गरी बनाइएको परिचय पत्र पानीले पनि नभिज्ने र नकोरिने दाबी गरिएको छ । बायो मेट्रिक चिप्सको प्रयोग गरेर परिचयपत्र निर्माण गरिएको हो । परिचयपत्रमा धेरै विवरण अटाउन सकिने भएपछि सुरुमा वैयक्तिक विवरण (नाम, ठेगाना, पारिवारिक विवरण) र जैविक विवरण (फोटो र औँठाछाप) मात्रै राखिएको छ । 

परिचयपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले पाँचथर मुलुककै भाग्यमानी जिल्ला भएको बताए । ‘पाँचथर समृद्धिको बाटोमा एक कदम अगाडि छ,’ थापाले भने ‘मुलुकलाई समृद्धितर्फ लैजाने अभियान अन्तर्गत राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको हो ।’ 

नागरिकको सुरक्षाका लागि अत्याधुनिक परिचयपत्र वितरण गरिएको थापाको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अब मुलुकले विस्तारै मुहार फेर्ने बताए । 

सरकारले एक पछि अर्को नयाँ र समय सुहाउँदो काम गर्दै जाने उनको भनाई थियो । ‘सरकाले केही नगरेजस्तो आम जनतालाई लागेको हुनसक्छ,’ राईले भने, ‘यसरी नै सरकारले नयाँ र परिणामुखी काम गर्दै जानेछ ।’ 

परिचय पत्र वितरण कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेश १ का मुख्यमन्त्री राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, प्रधामन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी, गृहसचिव प्रेमकुमार राई र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेसहित उपस्थित थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.