चोर पक्राउ गर्न पनि घुस, प्रहरी निरीक्षकविरुद्ध अख्तियारको मुद्दा

चोर पक्राउ गर्न पनि घुस, प्रहरी निरीक्षकविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ : पसलमा भएको चोरीमा संलग्नलाई पक्राउ गर्न भन्दै घुस लिने एक प्रहरी निरीक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको हो । 

 सुनचाँदी पसल चोरीमा संलग्न पक्राउ गर्न भन्दै उनीहरुले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले पक्राउ गरेको थियो । 

चोर समात्नका लागि मागेको घुस प्रहरी निरीक्षक श्रेष्ठले प्रहरी जवान लामिछानेलाई लिन लगाएका थिए । श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम बिगोस्वरुप १५ हजार कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 

सहयोगीको भूमिका निर्वाह गरेका प्रहरी जवान लामिछानेले अनुसन्धानमा सहयोग गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम साक्षीको रूपमा प्रस्तुत गरी सजायको मागदावीमा पूर्ण छुट दिइएको दंगालले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.