गे-सेक्स उपन्यासकी लेखिकालाई १० वर्ष जेल

गे-सेक्स उपन्यासकी लेखिकालाई १० वर्ष जेल

काठमाडौं : चीनमा गे सेक्स(पुरुषहरुको समलिंगी यौनसम्बन्ध) मा आधारित उपन्यास लेख्दा एकजना लेखिकाले १० वर्ष जेल सजाय भोग्नु परेको छ।लिउ नामकी लेखिकालाई 'अश्लील सामग्री' लेखेको र बिक्री गरेको आरोपमा चीनको अन्हुई प्रान्तको अदालतले १० वर्षको जेल सजायको फैसला गरेको हो।

लिउले गे सेक्सका बारेमा लेखेको 'अकुपेसन' नामक उपन्यास प्रकाशन गरेपछि विवादमा आएकी हुन्।चीनमा पोर्नोग्राफी गैरकानुनी छ।ती लेखिकाको पुस्तक यौनजन्य क्रियाकलापमा आधारित भएर लेखिएको हुँदा त्यहाँको अदालतले उनलाई  सजायको फैसला गरेको हो।

अदालतले भनेको छ, 'उपन्यास पुरुषको समलैंगिक सम्बन्धमा आधारित छ, जसमा फोहोरी यौनक्रियाकलापका बारेमा लेखिएको छ।कानुनभन्दा बाहिर गएर उपन्यास प्रकाशित गरेपछि लिउलाई १० वर्षको जेल सजाय तोकिएको हो।'

लेखिकाकालाई दिएको सजाय अवधि लामो भएको भन्दै सोसल मिडियामा विरोध भइरहेको छ। बेइजिङ न्युजका अनुसार लिउले सफाइ माग गर्दै अदालतमा अपील दायर गरेकी छन्।

बीबीसी हिन्दीमा बताइए अनुसार लिउलाई ३१ अक्टुबरमा त्यहाँको पिपुल्स कोटले सजाय सुनाएको थियो।उक्त कुरा चिनियाँ मिडियामार्फत् यसै हप्ता बाहिर आएको हो।लिउको  उक्त उपन्यास अनलाइनमा लोकिप्रय हुँदै गइरहेको बेला प्रहरीमा उजुरी परेको थियो। सरकारी न्युज संस्था ग्लोबल टाइम्सका अनुसार लिउको अक्युपेसनसहित अन्य यौन केन्द्रित उपन्यास ७ हजार प्रतिभन्दा बढी ब्रिक्री भएको थियो। उपन्यास ब्रिक्रीबाट लिउलाई डेढ लाख युआन फाइदा भएको थियो।
 
विभिन्न सोसल मिडियाका प्रयोगकर्ताहरुले लिउलाई दिएको सजाय बढी भएको भन्दै विरोध जनाएका छन्।चीनको चर्चित विबो सोसल मिडियाका एक प्रयोगकर्ताले लेखेका छन्, ' एक उपन्यासका लागि १० साल ? यो समय धेरै भएन र।'

अर्का एक सोसल मिडियाका प्रयोगकर्ता लेख्छन्,' २०१३ मा एक पू्र्व कर्मचारीले ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ८ वर्षको सजाय पाएका थिए।' विबो सोसल मिडियाका अर्का प्रयोगकर्ताले लेखेका छन्,' बलात्कारका दोषीलाई १० वर्षभन्दा कम सजाय मिल्छ। यीनलाई १० सालको सजाय मिल्यो।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.