पश्चिम नवलपरासीको सूर्यबस्तीमा बस दुर्घटना, दुईको मृत्यु, ३९ घाइते

पश्चिम नवलपरासीको सूर्यबस्तीमा बस दुर्घटना, दुईको मृत्यु, ३९ घाइते

परासी : बुटवल-नारायणगढ सडकअन्तर्गत पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यबस्तीमा गएराति भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।अन्य ३९ जना यात्रु घाइते छन्। महेन्द्रनगरबाट काकटभिट्टातर्फ जाँदै गरेको ना ५ ख १०१६ नम्बरको बस कल्भर्टमा ठोकिएर खोल्सामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका सिपाही ३३ वर्षीया लोकेन्द्रबहादुर कार्की छन्। मृतक कार्की कञ्चनपुर घरभई रणसार्दुल गण गाईघाटमा कार्यरत थिए। मृत्यु हुने अर्का बर्दिया ठाकुरबाबा नगरपालिका- ८ का ५९ वर्षीया रामबहादुर शाह हुन्। 

चालकसहित घाइतेको लुम्बिनी सिटी अस्पताल र जेनस अस्पताल बुटवलमा उपचार भइरहेको र केही उपचारपछि घरफर्केको प्रहरीले जनाएको छ। विपरित दिसाबाट आइरहेको अर्को बससँग टाढैबाट फोक्स लाइट हाई डीमको संकेत माग्दा नदिएका कारण सडक नदेखिएकाले दुर्घटना भएको चालकलाई उद्दृतगर्दै जिल्ला ट्राफिक कार्यालयका निरीक्षक हेमबहादुर शाहीले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.