सभामुखले संसद बैठक बाेलाएपछि मुख्यमन्त्री पौडेललाई संकट !

सभामुखले संसद बैठक बाेलाएपछि मुख्यमन्त्री पौडेललाई संकट !

हेटौंडा : स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले आफ्नो प्रतिवेदन पेश गरे पनि प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक बस्ने/नबस्ने अझै अन्योल छ ।

ख्यमन्त्री डोरमणि पौडेल र सभामुख सभामुख सानुकुमार श्रेष्ठबीच नै प्रदेशसभा बैठकबारे मतभेद् छ । मुख्यमन्त्री पौडेल बैठक बोलाउन तयार नहुँदा सभामुखले बैठक आह्वान गरेका छन् ।

सभामुख श्रेष्ठले आगामी मंसिर १० गतेका लागि बैठक बोलाएका छन् । तर मुख्यमन्त्री पौडेल यसमा अझै तयार नदेखिएका हुन् । स्थायी राजधानीको विषयलाई लिएर प्रदेशसभा सदस्यहरुले बैठकमा आवाज उठाउने भएपछि कुनै निचोड नआइकन मुख्यमन्त्री प्रदेशसभा बैठक नराख्ने मनशायमा पुगेका हुन् ।

सभामुख श्रेष्ठ भने सरकारका कारण प्रदेशसभा नै अन्योलमा रहन नसक्ने भन्दै बैठक बोलाएको बताउँछन् । ‘प्रदेशसभा माननीयहरुले कुनै विषयमा कुरा उठाउन चाहेमा उठाउन पाउँछन्, कुनै विषयको कारण लामो समय प्रदेशसभा बैठक रोक्नु राम्रो होइन’, सभामुख श्रेष्ठले भने, ‘आएका विषयहरु फेस गर्ने गरी नै बैठक बोलाइएको हो ।

बैठक स्थगित भएको ४८ दिनपछि मात्रै सभामुखले बैठक बोलाएका हुन् । स्रोतका अनुसार सभामुख श्रेष्ठले मुख्यमन्त्रीको सहमतिविना नै बैठक डाकेका हुन् । जसले गर्दा मुख्यमन्त्री पौडेलले आगामी बैठकमा चौतर्फी विवादको सामना गर्नुपर्ने अपेक्षा गरिएको छ ।

यसअघि पनि स्थायी राजधानीको विषय टुङ्गो नलाग्दा प्रदेशसभा बैठक बस्न सकेको थिएन । राजधानीको विषय कुरेर बस्दा अन्य महत्वपूर्ण कामहरु रोकिएकाले बैठक बोलाइएको सभामुख श्रेष्ठले बताए ।

सोही कारण प्रदेशसभाले समितिहरुमा पठाएको पाँचवटा विधेयक पनि रोकिएका छन् । ‘प्रदेश सवारी दर्ता तथा यातायात सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’, ‘प्रदेश संंस्था दर्ता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ र सामाजिक विकास मन्त्रालयको ‘प्रदेश खेलकुद परिषद् स्थापना तथा सञ्चालन विधेयक’ को दवाफार छलफल सकिएको छ ।

दफावार छलफल सकिएका विधेयकहरु सम्बन्धित संसदीय समितिले प्रतिवेदन सहित अबको प्रदेशसभाको बैठकमा पेश गर्नुपर्ने छ । उक्त विधेयकहरु प्रदेशसभाले पारित गरेसँगै प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि कानुनको रुपमा लागु हुनेछ ।

असोज २४ गते घटस्थापनाको दिन विजयादशमीको शुभकामनासहित चियापान कार्यक्रम गरेर स्थगित भएको प्रदेशसभाको बैठक यति लामो समय स्थगित भएको पहिलो पटक हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.