सामुदायिक अस्पताललाई मेगा बैंकको सहयोग

सामुदायिक अस्पताललाई मेगा बैंकको सहयोग

काठमाडौं : मेगा बैंकले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ११ स्थित युनाइटेड मिसन टु नेपाल अस्पताललाई एइडी (Automated External Defibrillator) मेसिन प्रदान गरेको छ।

मेसिन हस्तान्तरणका लागि केन्द्रबाट मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, डिपोजिट प्रमुख जेनु थापा तथा ओखलढुङ्गा शाखाका कर्मचारीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए।

मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक टुकबहादुर श्रीमलाई मेसिन हस्तान्तरण गरिन्

उपकरण हस्तान्तरणपछि श्रेष्ठले ओखलढुङ्गा क्षेत्रमा मेगा बैंक बैंकिङ्ग कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्घिको लागि पनि निरन्तर लागिरहने प्रतिबद्घता जनाइन्।

विभिन्न कारणबाट अत्यन्त नाजुक अवस्थामा अस्पताल पुर्‍याइएका बिरामीको उपचारका क्रममा कृत्रिम श्वास प्रणालीबाट मुटुको चाल संचालनमा ल्याइ बिरामीलाई पुनर्जीवन प्रदान गर्न सो उपकरणबाट महत्वपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.