३३ प्रतिशत कर्मचारी लिएर भनेजस्तो काम गर्न सकिन्न : मुख्यमन्त्री पौडेल

३३ प्रतिशत कर्मचारी लिएर भनेजस्तो काम गर्न सकिन्न : मुख्यमन्त्री पौडेल

हेटौंडा : ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण काम गर्न नसकेको गुनासो गरेका छन् ।

बिहीबार हेटौंडामा ३ नम्बर प्रदेशको आर्थिक विकास रणनीति निर्माणको लागि आयोजित कार्यक्रम उद्घाटन गर्दै उनले केन्द्र सरकारले पर्याप्त कर्मचारी उपलब्ध नगराउँदा सोचेजस्तो काम गर्न नसकेको बताएका हुन् ।

३ नम्बर प्रदेशसँग अरु प्रदेश भन्दा पर्याप्त स्रोत साधन रहेको भन्दै मुख्यमन्त्री पौडेलले समस्याका बीच प्रदेश सरकारले राम्रो काम गर्ने प्रयास गरिरहेको दावी गरे ।‘सरकार गठन भएको आठ महिनाको बीचमा ठूला काम गर्न सम्भव छैन’, पौडेलले भने, ‘३३ प्रतिशत कर्मचारी लिएर भनेजस्तो काम गर्न सकिन्न ।’

आम जनतामा प्रदेश सरकारले काम गर्न नसकेको भान परे पनि सरकार सञ्चालनमा थुप्रै समस्या रहेको उनले बताए । ‘हेर्दाखेरी सरकारले काम गर्न नसकेको देखिन्छ । तर आन्तरिक समस्या समाधानमा केन्द्र सरकारले सहयोग गरेको छैन’, पौडेलले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.