कार्यालय स्थापना भएको दुई वर्षसम्म पनि सेवा छैन

कार्यालय स्थापना भएको दुई वर्षसम्म पनि सेवा छैन

ओखलढुंगा : ओखलढुंगाको दुर्गम गाउँपालिका खिजीदेम्वामा नापी कार्यालय स्थापना भएको दुई वर्षसम्म पनि सेवा दिन सुरु भएको छैन । दुर्गममा सेवा प्रवाह सहज पुर्याउने उद्देश्यले कार्यालय स्थापना भए पनि भौतिक पूर्वाधार र कर्मचारी अभाव भन्दै सेवा सुरु गरिएको छैन ।

नापी सेवा कहिलेदेखि सुरु गर्ने भन्नेबारे पनि अन्योल नै छ । भौतिक संरचना र कर्मचारी टुंगो नलागेसम्म सेवा सुरु गर्न कठिन रहेको बताइन्छ । साथै नापी कार्यालयको संरचना संघीय मातहत रहने की प्रदेश भन्ने पनि टुंगो लागेको छैन ।

यही कारण पनि सेवा सुरु हुन नसकेको बताउँछन् संघीय सांसद यज्ञराज सुनुवार । सुनुवारले आफू पहिलो पटक सांसद निर्वाचित भएदेखि खिजीदेम्वामा इलाका स्तरका कार्यालय राख्न पहल गरिरहेको भए पनि नापी संचालनमा ल्याउन कठिन भएको बताएका छन् ।

मालपोत कार्यालय सुरु
मालपोत कार्यालयले भने स्थापना भएको दुई वर्षपछि सेवा दिन थालेको छ । दुई महिनाअघि कार्यालय प्रमुख तोकिएपछि यही हप्ताबाट मालपोत कार्यालयले सेवा सुरु गरेको हो ।

जिल्ला मालपोत कार्यालयबाट नायव सुब्बा राजन दाहाललाई कार्यालय प्रमुख तोकिएको छ । इलाका प्रशासन कार्यालयमा पनि अधिकृत स्तरको कर्मचारी छैनन् । नागरिकता वितरण समेत नासु स्तरकै कर्मचारीबाट भइरहेको छ । प्रतिलिपी निकाल्न भने जिल्ला सदरमुकाममै धाउनु पर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.