प्रतिपक्षीले सरकारको मुल्याङ्कन गर्ने समय आएको छैन : मन्त्री पण्डित

प्रतिपक्षीले सरकारको मुल्याङ्कन गर्ने समय आएको छैन : मन्त्री पण्डित

बिर्तामोड : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रतिपक्षीले सरकार फेल भयो भन्नुको कुनै अर्थ नरहने बताएका छन् । शनिबार झापाको अर्जुनधारामा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले प्रतिपक्षी दल कांग्रेसले सरकारको कामको मुल्याङ्कन गर्ने समय अहिले नभएको बताएका हुन्। 

उनले कांग्रेस सरकारमा भएको समयमा बिगारेको कामलाई सपार्दै सरकारको यतिका समय बितेको बताए। विगतमा गरेका निर्णयलाई कार्यान्वयन गर्दै सरकार अघि बढेकाले कांग्रेसले सरकारको निर्णय गलत भन्नु आफ्नो गलत निर्णयको ढाकछोप गर्नु मात्र भएको दाबी गरे। ‘निर्णय गर्ने बेला होस छैन, अहिले कार्यान्वयन गर्दा सोहि निर्णय किन अपाच्य भयो ?’ उनले प्रतिपक्षी दललाई प्रश्न गरे।

राष्ट्रपतिलाई गाडी र प्रहरीको प्रशिक्षणको विषयलाई अहिले प्रतिपक्षी दलले विवादको मुख्य विषय बनाएको बताउँदै मन्त्री पण्डितले ती सबै निर्णय प्रतिपक्षी दल सरकारमा भएकै समयमा गरिएको निर्णय भएको खुलासा गरे । निर्णय गर्ने समयमा होस नपुर्‍याउने र अहिले सोहि विषयमा धारणा बनाउनुकाे कुनै अर्थ नभएको उनको भनाई छ। 

राष्ट्रसेवक कर्मचारीका विषयमा बोल्दै मन्त्री पण्डितले भविष्यमा स्थानीय, प्रदेश र केन्द्रिय तहको राष्ट्रसेवक कर्मचारी हुने र उनीहरुकाे सेवा सुविधा पनि फरक बनाउने तयारीमा सरकार रहेको बताए । उनले स्थानीय तहको क्षमता अनुरुप पनि सेवा सुविधा फरक हुने संघिय निजामती ऐनको तयारी गरिरहेको बताए। एक महिना अघिदेखि सो निजामती ऐनका विषयमा क्याबिनेटमा छलफल भईरहेकाले क्याबिनेटले निर्णय गर्न साथ लागू हुने हुँदा सोहि अनुसारको मानसिकता बनाउन मन्त्री पण्डितले कर्मचारीलाई निर्देशन दिए। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.