हत्या विरोधमा प्रर्दशन र अागजनी, तनावग्रस्त अवस्था

हत्या विरोधमा प्रर्दशन र अागजनी, तनावग्रस्त अवस्था

तौलिहवा : शुक्रबार राती दिपेन्द्रकुमार चौधरीको हत्याको विरोधमा उनका आफन्त तथा समर्थकले लवनी बजारमा प्रदर्शन गरेका छन् ।

आक्रोशित समूहले आगजनी नै गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । चौधरीको शव मेडिकल कलेज भैरहवाबाट अहिले लवनी ल्याएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो ।

चौधरीको हत्या गर्ने हत्यारालाई सार्वजनिक गर्न माग गर्दै समर्थकले नाराबाजा गरेका हुन् । प्रदर्शनको क्रममा प्रर्दशनकारी र प्रहरी बीच झडप हुँदा एक जना घाइते भएका छन् ।

जिल्लाको शुद्धोधन गाउँपालिका–४, मोतीभारीका चौधरीको गोली हानी हत्या भएसँगै अहिले उनीहरु आक्रोशित भएका छन् । स्थानीय राजाबाबु भनेर चिनिने चौधरीको टाउकोमा ६ राउण्ड गोली हानी हत्या भएको बताइएको छ ।

टाउकोमा गोली लागेपछि गम्भीर अवस्थामा उनलाई रुपन्देही स्थित भैरहवा मेडिकल हस्पिटल लैजाँदै गर्दा उनको मृत्यु भएको हो । प्रहरीका उपरिक्षक अच्युत पुडासैनीका अनुसार स्थानीय विवादमा शुक्रबार राति करिब साढे १० बजे चौधरीमाथि गोली प्रहार भएको थियो । हत्यारालाई कारवाही नहुञ्जेल चौधरीको शव आफन्तले नबुझ्ने भन्दै विरोध गर्दै आएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.