परालमा लुकाएर गाडीका पाटपुर्जा भित्र्याउँदा पक्राउ

परालमा लुकाएर गाडीका पाटपुर्जा भित्र्याउँदा पक्राउ

धरान : सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगन्ज नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरेको गाडीका पाटपुर्जा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।

सोमबार कप्तानगन्ज नाकामा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले परालले छोपेर को १ त ५३१६ नम्बरको ट्याक्टरमा लोड गरी नेपाल भित्राउँदै गरेको अवस्थामा अवैध पाटपुर्जा बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सुनसरीबाट खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक घनश्याम गौतमको टोलीले तस्करीको उक्त पाटपुर्जा नियन्त्रणमा लिएको हो ।

ट्याक्टरमा पराल बोकेर गाडीका पाटपुर्जा लुकाइ नेपाल प्रवेश गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ । पराल बोकेको ट्याक्टरलाई रोकेर चेकजाँच गर्दा तस्करी गरिएका गाडीका पाटपुर्जाहरु भेटिएपछि सशस्त्र प्रहरीको टोलीले उक्त वस्तु बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ३३ लाख ५५ लाख ८ सय ५० रुपैयाँ बरामद गरिएका गाडीका पाटपुर्जाहरुमा फ्युल पम्प, पिस्टोन, हाजिङ्, गियर बक्स, ईन्जिन, वासर लगायत छन् । ट्याक्टर नियन्त्रणमा लिएर चेकजाँच गर्न थालेपछि चालक भारततर्फ भागेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय सुनसरीको कप्जानगन्ज, भान्टाबारी, देवानगन्ज, लौकही, घुस्की लगायत नाकाबाट दैनिक तस्करी बढेको बताइन्छ । प्रहरीले बरामद गरेको गाडीका पाटपुर्जाहरु आवश्यक कारवाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोसी व्यारेजमा बुझाइएको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.