विषालु च्याउ खाँदा एकको मृत्यु, चार गम्भीर

विषालु च्याउ खाँदा एकको मृत्यु, चार गम्भीर

ओखलढुंगाः विषालु च्याउ खाँदा खिजीदेम्वा गाउँपालिका- ८ का ग्यालु शेर्पाकी ४ वर्षीया छोरी निमायाङ्जी शेर्पाको मृत्यु भएको छ। घरमा सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी बालिकाको सोमबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ।

त्यस्तै च्याउ खाएर ग्यालु शेर्पा, उनकी पत्नि लकी शेर्पा र ७ वर्षीया छोरो पासाङ शेर्पा बिरामी भएका छन्। बिरामीमध्ये ग्यालु शेर्पाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । 

त्यस्तै ग्यालु शेर्पाकी भतिजी ७ वर्षीया पोसी शेर्पा समेत बिरामी भएकी छन्। घाइतेको उपचारका लागि भूसिंगा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली खटिइ प्राथमिक उपचार गरेको प्रहरीले जनाएको छ।

खाने च्याउ भनि सुकाएर राखेको च्याउ खाँदा विषालु परेकाले उक्त घटना भएको स्थानीयले बताएका छन्। प्रहरीले जथाभावी जंगली च्याउ संकलन गर्ने र खाने नगर्न सचेत गराएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.