६ पाकिस्तानीलाई क्यानडा पुनर्वास

६ पाकिस्तानीलाई क्यानडा पुनर्वास

काठमाडौं : गृह मन्त्रालयले अवैध रुपमा नेपाल बस्दै आएका ६ जना पाकिस्तानीलाई पुर्नवासका लागि क्यानडा जान अनुमति दिएको छ। उनीहरू सबै एकै परिवारका हुन्।

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)को नेपाल स्थित कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनीहरूलाई पुर्नवासकालागि क्यानडा जान अनुमति दिएको हो। पाकिस्तान स्थित नेपाली दूतावासबाट ३० दिनको प्रवेशाज्ञा (भिसा) लिएर २०७० सालको पहिलो साता उनीहरू नेपाल आएका थिए। त्यसपछि उनीहरू पाकिस्तान फर्किएनन्।

पाकिस्तानमा आफूहरूको ज्यान सुरक्षित नभएको भन्दै ती पाकिस्तानीले आफ्नो मुलुक फर्कन इन्कार गरेका थिए। उनीहरूले पाकिस्तानमा फर्किए जुनसुकै बेला आफूहरू खतरामा पर्न सक्ने भन्दै नेपालमा शरण लिएर बसेका थिए। त्यसपछि उनीहरूले शरणार्थीका लागि नेपाल स्थित शरणार्थी सम्वन्धी उच्च आयोग (युएनएचसीआर) मा आवदेन दिएका थिए।

कम्तीमा ५ महिनाको अनुसन्धान र अध्ययान पछि युएनएचसीआरले उनीहरूलाई शरणार्थीको रुपमा परिचयपत्र दिएको थियो। युएनएचसीआरले पाकिस्तानी लगायत अन्य मुलुकका केहीलाई शरणार्थीको मान्यता दिए पनि नेपाल सरकारले भने उनीहरूलाई अवैध आप्रवासीको रुपमा लिएको छ।

नेपाल सरकारले तिब्बती र भुटानीहरूलाई मात्र शरणार्थीको मान्यता दिएर सोही अनुसारको व्यवहार गर्दै आएको छ। पाकिस्तानीहरू अवैध रुपमा कति छन् भन्ने यकिन तथ्याङ्क नभए पनि नेपालमा रहेकामध्ये झण्डै २ सय भन्दा बढी पाकिस्तानीहरूलाई युएनएचसीआरले शरणार्थीका रुपमा ग्रहण गरेको गृह स्रोतले बताएको छ। ती सबै नेपाल आएर पाकिस्तान नफर्किएकाहरू हुन्।

ती ६ जना पाकिस्तानीहरू २०७० जेठ दोस्रो साता देखी विना भिसा (ओभर स्टे) नेपाल बस्दै आएका थिए। क्यानडा सरकारले उनीहरूलाई शरणार्थीको हैसियतमा पुर्नवासकालागि लगेको हो। क्यानडा सरकारले शरणार्थीको हैसियतमा उनीहरूलाई यात्रा अनुमति पत्र, भिसा, हवाइटिकट लगायतका आवश्यक कागजपत्र पठाएको आएओएम स्रोतले बताएको छ।

ओभर स्टे भएकाले गृह मन्त्रालयले उनीहरूलाई जरिवाना लिएर निष्काशन गरेको छ। गृहसचिव प्रेम कुमार राईको ‘सचिव स्तरिय’निर्णयबाट उनीहरूलाई तीन वर्ष नेपाल प्रवेशमा प्रतिवन्ध लगाइ निष्काशन गरिएको हो।

गृह मन्त्रालयले सोमबार उनीहरूलाई निष्काशन गर्दै पुर्नवासकालागि क्यानडा जान समेत अनुमति दिएको हो। त्यसरी निष्काशित हुनेहरूमा पाकिस्तानी नागरिक अक्राम मुहम्मद, उनकी पत्नी, दुइ छोरा र दुइ छोरी छन्। गृह मन्त्रालयको निर्णयसँगै अध्यागमन विभागले उनीहरूको भिसा नियमित गरी प्रस्थान अनमति दिएको हो। ३० दिनको पर्यटक भिसा सकिएपछि उनी उनीहरू झण्डै साडे पाँच वर्ष अवैध ढंगले नेपाल बसेका थिए।

आइओएमले उनीहरूको ओभर स्टे बापतको ५१ लाख २ हजार ९४३ रुपयाँ जरिवना नेपाल सरकारलाई तिरिदिएको स्रोतले बताएको छ। ती पाकिस्तानीहरू पुर्नवासकालागि मंगलबार राती हङकङ हुँदै क्यानडा गएका छन्। अहिले पनि कतिपय पाकिस्तानी आप्रवासीहरूले ओभर स्टे बापतको रकम तिर्न नसकेर पुर्नवासमा जान पाएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.