दैलेख जीप दुर्घटनामा ५ को मृत्यु

दैलेख जीप दुर्घटनामा ५ को मृत्यु

दैलेख : सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको-३ वहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधबार बिहान धामीगाउँ नजिक दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको छ।   

दुर्घटनामा परी जीपचालक ठाटीकांध गाउँपालिका-२ का ३० वर्षीय रमेश शाही, ३ का ४० वर्षीय राजेन्द्रबहादुर शाही र २६ वर्षीय दिलिप शाही, १ का ३० वर्षीय निर्मल वम, ४ की २० वर्षीया रत्ना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। मृत्यु हुनेमध्ये राजेन्द्र र निर्मलको घटनास्थलमै अरुको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। 

जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुर पोखरेलले बिहानै दुर्घटना भएका कारण उद्धारमा ढिलो भएकाले मृतकको संख्या बढेको बताएका छन्। उनका अनुसार घाइते २८ वर्षीय शमशेर बम, २७ वर्षीया मनिषा राष्कोटी र ३० वर्षीय जुद्ध छुवीलाई उपचार उपचारका लागि नेपालगंज लगिएको छ। 

सुर्खेत क्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपालगंज भेरी अस्पतालमा रिफर गरिएको र उनीहरुको अवस्था पनि गम्भिर रहेको डीएसपी पोखरेलले बताए। जीप सडकदेखि करिब ५० मिटर तल खसेको छ। 

दुर्घटनामा मृत्यु भएका ५ जनाको दुल्लु अस्पतालमा पोष्टमार्टम गरिएको ठाटीकांध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए। अध्यक्ष शाहीले गाउपालिकाबाट मृतकका परिवारलाई किरिया खर्च र घाइतेको उपचार खर्च उपलब्ध गराउने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.