एक सय २६ घण्टा नाचिन् वन्दना

एक सय २६ घण्टा नाचिन् वन्दना

काठमाडौं : विश्व कीर्तिमान दाबी गर्न १७ वर्षीया वन्दना नेपालले लगातार एक सय २६ घण्टा नाचेकी छन्। उनले शुक्रबार बिहान ७ बजेदेखि बुधबार दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गरेकी हुन्।

वन्दनाले अहिलेसम्मकै सबैभन्दा लामो एक सय २३ घन्टाको विश्व कीर्तिमान तोड्ने दाबीसहित यति लामो नृत्य गरेकी हुन्। गिनिज बुक अफ वर्ल्डको रेकर्डअनुसार भारतकी कलामण्डलम हेमलथाले सन् २०१६ मा एक सय २३ घण्टा लगातार शास्त्रीय नृत्य गरेर विश्व कीर्तिमान बनाएकी छन्।

अन्तिम दिन वन्दनाको हौसला बढाउन परिवार, आफन्तका साथै कलेजका विद्यार्थी काठमाडौं बत्तीसपुतली पुगेका थिए। नेकपा नेता माधवकुमार नेपाल पनि उनको हौसला बढाउन पुगे। वन्दनाको संकल्प देखेर असम्भव भन्ने केही नभएको उनले बताए। ‘भोक, निद्रा र थकाइलाई चुनौती दिएर यत्रो आँट हरकोहीले गर्न सक्दैन’, उनले भने।

छोरी नाचिरहेको समयमा बुवा राम नेपाल पटकपटक भेट्न गए। ‘म उसको हालखबर सोध्न जाँदा उल्टै मलाई हौसला राख्न भन्थी’, बुवा रामले भने, ‘उनकै हौसलाले आवश्यकभन्दा तीन घण्टा बढी नाचिन्।’ वन्दनाले ६० वटा नेपाली लोकलयका गीतमा निरन्तर नाचिन्। उनले नाचेको दृश्य तीनवटा क्यामेराले निरन्तर कैद गरिरहेका थिए। कार्यक्रमस्थलमा निर्णायकको एक समूह पनि थियो।

वन्दनालाई प्रतिघण्टा पाँच मिनेट शौचालय र पानी पिउने समय छुट्ट्याइएको थियो। त्यसबाहेक बाँकी समय उनले नृत्य रोकिनन्। नाच्दानाच्दै जुस र खानेकुरालाई पिउन मिल्ने गरी खुवाइएको थियो। लगातार नृत्य गर्दा उनको खुट्टा हल्का सुन्निएको छ। बुधबार नृत्यस्थलमा सम्मान कार्यक्रम सकिनेबित्तिकै उनलाई अस्पताल लगिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.