प्रेमिका फकाउने ‘कोके’ नृत्य

प्रेमिका फकाउने ‘कोके’ नृत्य

जुम्ला : अधिकांश युवायुवती ‘गेन’, ‘थाङवा’, ‘गउ’लगायत आर्कषक गहनाले सजिएर लामबद्ध भएर नाचिरहेका थिए । पोशाकले नृत्यलाई थप आकर्षक बनाएको थियो । प्रत्येक युवतीले लनक (बर्को) ओडेका थिए । युवा भने मुगुम पोशाकले सजिएका थिए। 

मुगु र जुम्लाका विभिन्न क्षेत्रमा मुगुम युवायुवती लस्कर भएर गीत गाउँदै नाच्ने गर्छन् । जुम्ला बजारमा २० बढी युवायुवती वरीपरी घुम्दै आफ्नै भाषाको गीतमा नाचेर रमाइलो गरिरहे । दर्शकका लागि पनि यो नृत्य रमाइलो थियो । 

मुगुम जातीका दौतर युवायुवती पे्रम साटासाट गर्न यसरी ‘कोके’ नाच नाच्ने प्रचलन छ । गाउँमा असल प्रेमको शुरुवात नै ‘कोके’ नाचेर हुने गर्दर्छ । त्यसपछि मात्र विवाहको कुरा चल्छ । यो नाच शुभकार्य र उत्सवमा मात्र नभएर गाउँ छाडेर जाँदा पनि नाचिन्छ । 

‘कोके’को अर्थ घुम्न जाँदा मन पराएकी युवतीसँग प्रेम साटासाट गर्ने संकेत हो । पश्चिम हिमाली क्षेत्रमा बसोवास गर्ने मुगुम जाती प्रत्येक वर्ष शरद ऋतुको शुरुवातसँगै एक महिनासम्म गाउँ छाडेर अन्यत्र जाने चलन छ । गाउँ छाडेर जानु अघि र गएर फर्केर गाउँ आएपछि पनि लामवद्ध भएर ‘कोके’ नाचेर छुटिने प्रचलननै भएको जुम्ला गुम्वाका अध्यक्ष नुर्वु ओङदी लामाले बताए ।  

परम्परागत भेषभूष र गरगहनमा सजिएर विषेश गरी मुगुम जातीका युवायुवती यो नृत्यमा सहभागिता जनाउने गर्छन् । यो जातिमा लामा, तामाङ र कर्मरोङको सबै भन्दा महत्वपूर्ण नृत्य ‘कोके’ भएकाले यसको अस्तित्व अझै कायमै रहेको माथिल्लो मुगुका खेन्पो सेल्नाङ ग्याम्जोले बताए । 

‘कोके’ नाचलाई असल प्रेमको पर्यायको रुपमा लिइन्छ । प्रेमपत्र, वार्तालगायतका प्रेमका अनेक शैली यो जातीमा पाइदैन त्यसैले पनि यो नाचको महत्व बढेको सेल्नाङको भनाइ छ । 

किशोर उमेर समूह देखिनै यहाँका केटाकेटीले नाचमा सहभागिता जनाउने गर्छन् । वैवाहिक कार्यक्रमदेखि गाउँमा हुने अन्य उत्सवमा मुख्य आकर्षणनै ‘कोके’ नृत्य बन्ने गर्छ । जुम्ला, मुगु, डोल्पा जिल्लामा पनि   यो नृत्य हिजोआज लोपहुँदै गएकाले यसको संरक्षण गर्नु पर्ने खेन्पो सेल्नाङको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.