विधान मस्यौदामा केन्द्रीय सदस्य असन्तुष्ट

विधान मस्यौदामा केन्द्रीय सदस्य असन्तुष्ट

 काठमाडौं : कांग्रेस केन्द्रीय सदस्यले पार्टीको प्रस्तावित विधानप्रति असन्तुष्टि जनाएका छन्। केन्द्रीय समितिमा बिहीबारदेखि विधान मस्यौदामाथि छलफल जारी छ। समितिको शुक्रबारको बैठकमा १० जना केन्द्रीय सदस्यले विधानका प्रावधानप्रति असन्तुष्टि जनाए। समितिका तीन सदस्यले मस्यौतामा फरक मत राखेका छन्। ती सदस्यले बिहीबारको बैठकमा पनि फरक मत दोहोर्‍याए।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा रहेको समितिले तयार पारेको विधान-प्रतिवेदनमाथि बैठकमा बोल्ने अधिकांश नेताहरूले मस्यौदामाथि प्रदीप पौडेल, नवीन्द्रराज जोशी र मीनेन्द्र रिजालले फरक मत राखेका थिए। पौडेल र जोशीले बिहीबारको बैठकमा पनि असन्तुष्टि व्यक्त गरेका थिए। पौडेलले भने, ‘सहमतिमा विधान मस्यौदा बनाउन आफूहरू अक्षम भयौं।’ सभापतिलाई शक्तिशाली बनाउने गरी मस्यौदा बनाइएको भन्दै सभापतिइतरका नेताले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएका छन्।

पार्टीलाई बलियो बनाउन तलसम्मका इकाइलाई सम्बोधन गर्ने ध्येय विधानमा नदेखिएको नेताहरूको आरोप छ।

केन्द्रीय सदस्य डा.रामशरण महतले विधानलाई जटिल बनाउने गरी प्रतिवेदन आएको बताए। विधानले सभापतिलाई बलियोभन्दा पनि सामूहिक नेतृत्वका लागि वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड थियो।

बुध र बिहीबार नुवाकोट ककनीमा पाँच दर्जन जिल्लाका सभापतिले भेला गरी विधान मस्यौदामा २४ विवरण थप्नुपर्ने÷सुधार गर्नुपर्ने निष्कर्ष निकालेका थिए। शुक्रबार पार्टी कार्यलय सानेपा पुगेर उनीहरूले सभापति शेरबहादुर देउवालाई ककनी बैठकका निर्णय हस्तान्तरण गरेका थिए। ककनी भेलाको निर्णय लिएर जगदीश्वरनरसिंह केसी, मधु आचार्य, दिनेश यादव, मदन अमात्य, अमरसिंह पुनसहितको टोली पार्टी कार्यालय पुगेका थिए।

उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री डा.प्रकाशशरण महतलगायत नेताको उपस्थितिमा सभापति देउवालाई निर्णय हस्तान्तरण गरिएको काभ्रे सभापति मधु आचार्यले बताए।

जिल्ला सभापतिको भेला सकिएको भोलिपल्टै (शुक्रबार)देखि धादिङमा कांग्रेस जिल्ला कोषाध्यक्षहरू छलफलमा बसेका छन्। आज सकिने उक्त छलफलले पार्टी विधान र महासमिति भेलाबाबारे सामूहिक धारणा तय गर्नेछ। प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको निर्णय पार्टी सभापतिसमक्ष आइसकेकोले त्यसबारे पनि छलफल हुने बताए।

शुक्रबारको केन्द्रीय समिति बैठकबारे सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले भने, ‘बैठकमा केन्द्रीय सदस्यले विधानका प्रावधानबारे धारणा राख्नुभएको छ।’

‘अहिलेसम्म पार्टी पदाधिकारी संख्या, पार्टी सदस्यता, केन्द्र-प्रदेश-जिल्ला र स्थानीय तह बीचको समन्वय, भ्रातृ संगठन र जनसम्पर्क समितिलगायत विषयमा कुरा आएको छ’, शर्माले भने। शक्रबारको बैठकमा नरहरि आचार्य, बालकृष्ण खाँण, डा.चन्द्र भण्डारी, कमला पन्त, पुष्पा भुसाल, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने, रामकृष्ण यादव, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले विधानबारे सुझाव दिएका थिए। कांग्रेस बैठक आइतबार पुनः बस्ने छ। शुक्रबारको बैठकमा बोल्दै नेता अचार्यले पार्टी विधानबारे देखिएका फरक मतसमेत सम्बोधन हुनेगरी पार्टी नेतृत्वलाई अघि बढ्न सुझाएका थिए।

कांग्रेस समाजवादी पार्टी : देउवा

सभापति शेरबहादुर देउवाले कांग्रेस नेपालको एक मात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको दाबी गरेका छन्। इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथ, नेविसंघ र तरुण दलद्वारा संयुक्त रूपमा शुक्रबार राजधानीमा आयोजित युवा सम्मेलन उद्घाटन गर्दै देउवाले भने, कांग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि संर्षरत पार्टी हो।’

पूर्वप्रधानमन्त्री देउवाले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोसिस भइरहेको भन्दै प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

देउवाले प्रजातान्त्रिक समाजवाद र समावेशीतालाई अंगीकार गरेको नयाँ संविधानले प्रजातान्त्रिक मौलिक अधिकारको सुनिश्चितताका साथै राज्यमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.