नाइजेरियामा राष्ट्रपतिको निर्वाचन : ७३ जनाले दिए उम्मेदवारी
लागोस : नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन्। निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार आउदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ७३ जना उम्मेदवारको नामावली प्रकाशित भएको हो।
स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमुद याकुबुले राष्ट्रपति पदका लागि ७३ ओटा पार्टीले उम्मेदवारी दर्ता गरेको जानकारी दिए। नाइजेरियामा अहिले मुहम्मद बुहारी राष्ट्रपति छन्।
'त्यसैगरी राष्ट्रिय संसदका लागि एक हजार ८४८ जना उम्मेदवार छन्, ती मध्ये एक हजार ६१५ जना पुरुष र २३३ जना महिला रहेका छन्' उनले भने। आयोगका अध्यक्ष याकुबले निर्वाचन स्वतन्त्र, निश्पक्ष र विश्वसनीय बनाउने प्रतिवद्धता व्यक्र गर्दै सहयोगका लागि आह्वान पनि गरेका छन्।