‘सरकार नै क्रिश्चियन धर्मको प्रचारमा’

‘सरकार नै क्रिश्चियन धर्मको प्रचारमा’

वीरगन्ज : नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गराउने अभियानमा लागेका अगुवाले सरकार र सत्तारुढ दलका पार्टी आफैं क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाएका छन्।

नेपाललाई पुनः हिन्दु् राष्ट्र घोषणा गर्नु पर्ने माग गर्दै वीरगन्जमा शनिबार भएको प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता सम्मेलनमा सहभागी हिन्दु परिषद् नेपालका अगुवाले यस्तो आरोप लगाएका हुन्। 

सम्मेलनलाई सम्बोधन गर्दै हिन्दु परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले सरकार र सत्तारुढ दलका नेता आफैं क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाए।

क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले नै काठमाडौंमा ‘एसिया प्यासेफिक समिट’ आयोजना गरिएको भन्दै उनले उक्त समिटिलाई सहयोग गरेर सरकारले देशमा धर्मान्तरका लागि सहयोग गरेको आरोप लगाए।

‘क्रिश्चियन मुलुकसँग पैसा खाएर नेपाली नेता ॐ कार परिवार र सनातन हिन्दु धर्म सिध्याउन लागि परेका छन्’, उनले भने, ‘बाहिर हिन्दु भने पनि भित्रभित्रै पैसा खाएर क्रिश्चियनको प्रचार प्रसारमा लागेका छन्।’

सत्तारुढ दलका गद्धार नेताकै कारण नेपालको हिन्दु राष्ट्रको पहिचान गुमेको भन्दै उनले नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गराउनका लागि संघर्ष जारी रहेको बताए।

परिषदका दुई नम्बर प्रदेशका अध्यक्ष सचितानन्द दुवेको अध्यक्षतामा भएको सम्मेलनलाई परिषदका केन्द्रीय उपाध्यक्ष विजय गुप्ता, केन्द्रीय  महासचिव अनिरुद्र सिंह, सचिव सुरेश साह, कोषाध्यक्ष संजय सरार्फलगायतले पनि सम्बोधन गरे। 

भेलामा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी जिल्लाका हिन्दु परिषदका जिल्ला कार्य समितिका पदाधिकारीको सहभागीता थियो। 

त्यसअघि नेपाललाइ पुनः हिन्दू राष्ट्र घोषणा गर्नु पर्ने माग गर्दै वीरगन्ज महानगर प्रर्दशन गरिएको थियो। वीरगन्जको घडीअर्वा, मुर्ली, श्रीपुर, कुम्हालटोल, छपकैयालगायतका स्थानबाट परिषद्को अगुवाइमा निस्किएको जुलुश महानगरको विभिन्न क्षेत्रको परिक्रममा पछि माइस्थान पार्कमा पुगेर सभामा परिणत भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.