पूर्वपश्चिम लोकमार्गका पुल जीर्ण

पूर्वपश्चिम लोकमार्गका पुल जीर्ण

चन्द्रपुर : पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्लाका नदीका पुल जीर्ण भएका छन्।  करिब ५० वर्षअघि निर्माण भएका पुल जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको छ।  यातायात सञ्चालनमा असहजता भएको छ ।

सर्लाही र रौतहटको सिमानामा रहेको वागमती नदीको पुलको पिलरको जग नै देखिन थालेको छ भने पिलर जीर्ण बनेको छ।  केही वर्ष अघिसम्म वागमती नदीको सतहमाथि रहे पनि पछिल्ला वर्षम सतह गहिरिएको छ।  नदीको दक्षिणतर्फ पुल नजिकै ठूलो परिमाणमा नदीजन्य पदार्थ निकाल्न थालेपछि पुलको जग नै देखिन थालेको स्थानीयले बताएका छन् ।

बारा जिल्लाको ३ नम्बर पुल भासिएर मर्मत हँुदैछ।  यस्तै बाराकै दुधौरा खोलाको पुल दुईपटक भासिएर मर्मत गरिएको थियो।  लालबकैया तथा पसाहा नदीमा रहेको पुल पनि जीर्ण हुँदै गएको छ । रौतहट र बाराको सिमानामा रहेको धन्सर पुल भत्किएपछि नयाँ पुल निर्माण भएको थियो।  नयाँ पुलको पश्चिमतर्फको भाग पनि गत वर्ष आएको बाढीले क्षति पु¥याएको छ।  रौतहटको चादी नदी र पौराइ नदीका पुल पनि जीर्ण हुँदै गएका छन्।  पुलको फलाममा रंगरोगन लगाउने काम भए पनि नदीको सतह गहिरो हुँदै जाँदा पिलरको जग देखिन थालेका छन्।  लोकमार्गका केहीपुल जीर्ण भएकाले र मर्मत गर्दै सञ्चालनमा ल्याइएको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिएका छन् ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत पथलैया–ढल्केबर सडक खण्डको ६९ वटा पुल नयाँ बनाउन छलफल र प्रकृया अगाडि बढेको पुल महाशाखाले जनाएको छ।  देशकै मेरुदण्डका रूपमा रहेको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत रहेको पथलैयादेखि ढल्केवरसम्मको साना खोलामा रहेको पुल पनि जीर्ण बन्दै गएका छन् ।

जीर्ण पुलले जोखिम बढाएको सडक प्रयोगकर्ताको गुनासो छ । यस मार्गमा धेरैजसो दुर्घटना पुलको आसपास र पुलमा नै हुने गरेको पाइन्छ।  दैनिक तीन हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन सञ्चालन हुने सडकका पुल व्यवस्थित हुनुपर्ने सवारी चालकको भनाइ छ । करीव ५० वर्षअघि रुस सरकारको सहयोगमा पथलैयादेखि ढल्केबर सम्मको सडकमा ५५ वटा पुल छन्, ती पुल जीर्ण छन् ।

अधिकांश पुल सिंगल लेन र रोड दुई लेन हुँदा समस्या भएको प्राविधिकको भनाइ छ।  पुल सिंगल लेनको हुँदा सवारीसाधन जाम हुने तथा दुुुुर्घटनाको खतरासमेत हुने उनी बताउँछन्।  पुलमा जडान भएका फलाममा खिया लागेका छन्।  पुलमा प्रयोग गरिएको फलाम लामो समय मर्मत नहुँदा भाँच्चिने, पिलर भासिने समस्या आउने गरेको सडक कार्यालयका इन्जिनियरको भनाइ छ।  यस्तै पुलको संकेत दिन पुलको दुवै छेउको दायाँबायाँ राखिएका ढुंगेजाली (ब्रिज सेफ्टि नेट) समेत भत्किएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.