घरमा छापा मारेर १५८ केजी गाँजा बरामद

घरमा छापा मारेर १५८ केजी गाँजा बरामद
सुन्नुहोस्

वीरगन्ज : पर्साको ठोरी गाउँपालिका-४ मा सशस्त्र प्रहरीले कर्डन एण्ड सर्च अप्रेसन सञ्चालन गरेर ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।

अप्रेसनअन्तर्गत बिहीबार सीमा सुरक्षा गुल्म हेडक्वाटर भीखमपुर र सुवर्णपुरबाट खटिएको ५४ जना सशस्त्र प्रहरीको टोलीले ठोरी-४ मिलचोकस्थित गम्भीर श्रेष्ठको घरमा छापा मारेको थियो। त्यसक्रममा श्रेष्ठको घरभित्र लुकाएर राखिएको अवस्थामा ११ वटा बोरामा रहेको १५८ केजी गाँजा बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

गाँजा बरामद भएको घरका धनी फरार रहेका थिए। उनकी पत्नी अस्मिता तामाङ श्रेष्ठलाई खोजेको समयमा प्रहरीको कार्यालयमा उपस्थित हुने सर्तमा छाडिएको निरौलाले जानकारी दिए।

बरामद गाँजा नेपाल प्रहरीको कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक निरौलाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.