निर्मलालाई न्याय खोज्दै विप्लवको नेकपा पनि सडकमा (पाँच फोटो)

निर्मलालाई न्याय खोज्दै विप्लवको नेकपा पनि सडकमा (पाँच फोटो)

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको न्यायका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महेन्द्रनगरमा प्रदर्शन गरेको छ । 

आइतबार सदरमुकाम महेन्द्रनगरमा विप्लव नेतृत्वको नेकपा माओवादीले वृहत रुपमा प्रदर्शन गरेको हो । बलात्कारपछि हत्या गरिएकी निर्मलाका हत्यारा चार महिना भइसक्दा पनि सार्वजनिक नभएको भन्दै विप्लव नेतृत्वको नेकपाले देशैभर प्रदर्शन गरेको हो । 

पुरानो जिल्ला प्रशासन कार्यालय भवनदेखि सुरु जुलुसले नाराबाजीसहित महेन्द्रनगर बजार परिक्रमा गरेको थियो । प्रदर्शनमा महेन्द्रनगरस्थित विभिन्न स्कुल र कलेजकाविद्यार्थीसमेत सहभागी थिए । 

प्रदर्शनमा लामो समयदेखी न्यायिक आन्दोलनमा सहभागी महिला अधिकारकर्मी, नागरिक संघर्ष समितिका पदाधिकारी समेत सहभागी भए । प्रदर्शनका क्रमममा गृहमन्त्रीको राजीनामा माग गरिएको छ । उनीहरुले तत्काल निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गरे । 

बजार परिक्रमापछि संविधान चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ‘चार महिना भन्दा बढी भइसकेको छ, अहिलेसम्म पनि निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गरिएका छैनन्’ नेकपा कञ्चनपुरका सचिव राजेन्द्र विष्टले भने, ‘हाम्रो पार्टीले न्यायका लागि आन्दोलनको शुरुवात गरेको छ, अब यो आन्दोलन शसक्त भएर अघि बढ्ने छ ।’ 

कोणसभालाई सम्बोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य एवं पश्चिम कमाण्ड ईन्चार्ज ओमप्रकाश पुनले निर्मला पन्तका हत्यारालाई राज्यले नै संरक्षण गरिराखेको बताए ।

‘यो सरकारले निर्मला पन्त हत्यारा अहिलेसम्म सार्वजनिक गरेको छैन्’उनले भने,‘ अब यो मुद्वा हाम्रो जनअदालतमा समेत दर्ता भएको छ, अब हामीले नै यसको अनुसन्धान अघि बढाउछौं।’ उनले पार्टीको जन अदालतले घट्नाको अनुसन्धान गरेर फैसला गर्ने र सार्वजनिक मञ्चमा कार्यक्रम गरेरै फैसला सबैलाई सुनाउने उनले बताए । 

‘कारबाहीमा परेका २६ जना प्रहरीलाई हत्यारा को हुन् भन्ने थाहा छ’ उनले भने,‘सरकारले हत्यारा थाहा पाएकाहरुलाई कानुनी कारबाही गर्नुको साटो संरक्षण गरेको छ ।’

डीएनए परीक्षण गरेर अहिले हत्यारा खोज्ने काम गरिएको भन्दै उनले यो सबै नाट्क भएको टिप्पणी गरे । ‘सबै प्रमाण त शुरुवात मै नष्ट गरे, डीएनए के सुरक्षित गरेका होलान् र चेक गरेर पत्ता लगाउन’उनले भने,‘सरकारको यो सबै नाट्क मात्रै हो ।’ 

उनले अब पनि नक्कली अपराधी खडा गर्न खोजिए आफ्नो पार्टीले २४ घण्टाभित्र सक्कली अपराधिलाई सार्वजनिक गर्ने चेतावनी दिए ।

‘न्याय माग्दा मानिसलाई गोली हानेर मारियो, कोही अझै घाइते छन्’ उनले भने,‘न्यायका लागि जनताले गरेको आन्दोलनमा यो नालायक सरकारले विप्लवका लडाकु आएर आन्दोलनमा गोली चलाउन वाध्य बनाए भन्ने आरोप लगाइरहेको छ।’

सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य डीडी पाण्डेयले अब निर्मलाको न्यायका लागि आफ्नो पार्टीले शसक्त आन्दोलन अघि बढाउने बताए । 

अधिकारकर्मी शारदा चन्दले पुनः सशक्त रुपले आन्दोलनका कार्यक्रम अघि बढाउनु आवश्यक रहेको बताइन् । सभामा बोल्ने वक्ताहरुले अहिलेको सरकार दुई तिहाइको दम्भमा अपराधीलाई संरक्षण गर्ने र निरकुशंता लाद्ने काममा सक्रिय रहेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.