गोरु तस्करका ६ मोटरसाइकल स्थानीयले जलाइदिए
लमही : दाङको राजपुर गाउँपालिका-४ जहरेघाटमा छवटा मोटरसाइकलमा आगजनी गरिएको छ। गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा आगजनी भएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए।रासस