रकम लिने असई निलम्बित
विर्तामोड : एक व्याक्तिसँग रकम लिने प्रहरी सहायक निरीक्षक (असई) उत्तमकुमार कार्की निलम्बनमा परेका छन् ।
८ हजार रुपैयाँ धरौटीमा रिहा भएका मेचीनगर १३ का यादव भट्टराईसँग १५ हजार रकम लिएका प्रहरी चौकी चारआली झापामा असई कार्की निलम्बनमा परेका हुन् ।
कार्कीलाई सोमबार नै निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षकको अध्यक्षतामा समिति गठन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।