‘सरकार संस्थागत भ्रष्टाचारको बाटोमा’

‘सरकार संस्थागत भ्रष्टाचारको बाटोमा’

काठमाडौं : कांग्रेसले सरकार संस्थागत भ्रष्टाचारमा लागेको आरोप लगाएको छ। पार्टी केन्द्रीय समिति बैठकमा बुधबार प्रस्तुत कांग्रेसको आर्थिक नीतिको प्रस्तावमा उसले वर्तमान सरकार कानुनी प्रक्रिया लत्याउँदै नियन्त्रण, निषेध र संस्थागत भ्रष्टाचारको बाटोमा अघि बढेको उल्लेख छ। बैठकमा कांग्रेसको समग्र आर्थिक नीति प्रस्ताव समितिका संयोजक सहमहामन्त्री डा. प्रकाशशरण महतले आर्थिक नीति प्रस्तावको सारांश पेस गरेका थिए।

नेकपा नेतृत्वको सरकार गठनयता वैदेशिक लगानी ७५ प्रतिशत घटेको, आन्तरिक लगानी बढ्न नसकेको र पुँजी पलायनका संकेत देखिएको प्रस्तावमा उल्लेख छ। बढ्दो व्यापार घाटा, अकासिँदो ब्याजदर र उच्च करको मारबाट लगानी निरुत्साहित भएको उसको निष्कर्ष छ। ‘समृद्ध नेपाल र सुखी नेपाली’ लक्ष्य कागजमा मात्र सीमित हुन पुगेको पनि कांग्रेसको दाबी छ।

सरकारले प्रस्तुत गरेको श्वेतपत्रसमेत झुटहरूको पुलिन्दासमेत भएको उसको आरोप छ। तथ्यलाई तोडमोड गरी श्वेतपत्र जारी गरिएको कांग्रेसको भनाइ छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व छाड्ने बेला राज्यकोषमा २ सय ५७ अर्ब नगद बचत गरे पनि अहिले व्यापार घाटा बढेको बताएको छ। ‘विदेशी मुद्राको सञ्चिति घट्दै गएको र त्यस बेलाको दाँजोमा लगानी गर्ने वातावरण खस्किएको भनेर विश्व बैंकको प्रतिवेदनले उल्लेख गरेको विषयलाई पनि कांग्रेसले प्रतिवेदनमा समेटेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.