युरोपबाट फर्किइन् राष्ट्रपति भण्डारी

युरोपबाट फर्किइन् राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनको युरोप भ्रमण पुरा गरी स्वदेश फर्किएकी छन् । पोल्यान्डको कातोविचमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम (कोप २४)मा सहभागी हुन उनी गत शनिबार त्यतर्फ गएकी थिइन्।

 त्यहाँ राष्ट्रपति भण्डारीले पोल्यान्डका समकक्षी आन्द्रेइज सेवास्टिन डुडासँग भेटवार्ता समेत गरेकी थिइन्।

राष्ट्रपति भण्डारीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, संघीय सांसदका सदस्य कृष्णगोपाल श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, पुष्पा भुसाल गौतम, रामसहाय प्रसाद यादव र चन्द्रा चौधरी सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.