दुई मेडिकल र किराना पसलमा आगलागी

दुई मेडिकल र किराना पसलमा आगलागी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको वीपी चोकस्थित दुई औषधि पसल र एक किराना पसलमा आगलागी भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको छेवैमा रहेका सफा मेडिकल र माया फार्मेसीका साथै धीरज जनरल स्टोरमा बुधबार राति ११ बजेतिर आगालागी भएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख इन्सपेक्टर नारायण डाँगीले जानकारी दिए।

डाँगीले भने, 'बन्द सटरमा आगालागी भएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्छ।' आगलागी भएलगत्तै सुरक्षाकर्मी, दमकल र स्थानीयले आगो निभाए पनि औषधि जलेर नष्ट भएको थियो।

किराना पसलमा भने धेरै क्षति हुन पाएन। क्षतिको एकीन विवरण आइसकेको छैन। जिल्ला प्रहरी कार्यालय बाँकेले क्षतिबारे मुचुल्का तयार गरिरहेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.