निर्मलालाई न्याय माग्दै कञ्चनपुरमा विद्यार्थीको मानवसाङ्लो
कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै कञ्चनपुरमा विद्यार्थीहरूले मानवसाङ्लो बनाई प्रदर्शन गरेका छन्। पूर्व निर्धारित मानव साङ्लो बनाएर सदरमुकाम महेन्द्रनगर बजार घेर्ने कार्यक्रम भने भीड ठूलो भएकोले प्रभावित भएको छ।
करिब तीन किलोमिटर वारपार बजार घेर्ने कार्यक्रम थियो। मानव साङ्लो बनाउन आएका विद्यार्थीहरूले अहिले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। स्कुल तथा कलेजको ड्रेसमै विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराइदिन आयोजक नागरिक संघर्ष समितिले स्कुलहरूलाई पत्राचार गरेको थियो।
बिहान १२ बजेदेखि उनीहरू सडकमा प्रदर्शन गरिरहेका छन्। प्रहरीले अप्रिय घटना हुन नदिन संयमता अपनाएको जनाएको छ।