ललितपुरको भैंसेपाटीमा मन्त्री आवास बनाउने मन्त्रिपरिषद्को निर्णय : यी हुन् १० निर्णय
काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन्। बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।
सोमबारको मन्त्रिपरिषद्ले विभिन्न १० वटा निर्णय गरेको बाँस्कोटाले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले ललितपुर महानगरपालिका भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा छुट्याइएको १४९ रोपनी चार आना जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीका लागि २७ वटा आवास भवन साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवासका लागि १४ वटा भवन बनाउने निर्णय गरेको छ।
सँगै बैठकले ललितपुरको पुल्चोकस्थित अहिले मन्त्री निवास रहेको परिसरमा १० वटा राजकीय अतिथी गृह निर्माण गर्ने निर्णयसमेत गरेको छ।