ओलीले पाएको पुरस्कारबाट ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना

ओलीले पाएको पुरस्कारबाट ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले पाएको एक करोड पुरस्कारबाट ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोषको स्थापना गरिने भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले युनिभर्सल पिस फेडेरेसनबाट प्रधानमन्त्रीले पाएको ‘लिडरसिप एन्ड गुड गभर्मेन्स’ नामक पुरस्कारबाट कोषको स्थापनागर्ने निर्णय गरको हो। 

बिहीबार पत्रकार सम्मेलन गरेर सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले पाएको पुरस्कारको कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिएका हुन्। 

प्रधानमन्त्रीलार्इ प्राप्त एक लाख अमेरिकी डलर सोही बराबरको रकम नेपाल सरकारले थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय गरिएको छ।  सरकारले प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलार्इ प्रोत्साहन गर्ने उदेश्यले यो कोषको स्थापना गरेको सुचना तथा संञ्चार मन्त्रालयले जनाएको हो।  

पुरस्कार शान्ति सुशासन र नवप्रवर्द्धन वैज्ञानिक खोज अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.