देवकोटाको घरलाई संग्रहालय बनाउने मन्त्रिपरिषद् निर्णय
काठमाडाैं : सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय गरेकाे छ। सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले 'देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय' गरेकाे संचार तथा सूचाना प्रविधि मन्त्रालयले जनाएकाे हाे।
सरकारी निवास बालुवाटारमा देवकोटाको जन्म जयन्तीका दिन आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले उनकाे अावासलाई संग्रहालय बनाउने घोषणा गरेका थिए। प्रधानमन्त्रीको उक्त घोषणालाई याे मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो।