बाढी पीडितको बिजोग : आश्वासन दिनेहरु हराए, अब अन्जु पन्तको आश

बाढी पीडितको बिजोग : आश्वासन दिनेहरु हराए, अब अन्जु पन्तको आश

वीरगन्ज : २०७४ साउन अन्तिम साता आएको विनाशकारी बाढीले पर्सा जिल्लामै सबै भन्दा बढी क्षति पुर्याएको गाँउ हो पटेर्वा सुगौली गाउँपालिकाको मोर टोल ।

७४ घरधुरी रहेको मोर टोलका हरेक घर बाढीले भत्काइदियो । त्यसमध्येका करिब ४० घर परिवारले छिमेकका गाँउमा घर बनाएर बसाइ सरे । तर आर्थिक रुपले विपन्न ३५ घरपरिवार पोहोर सालको बाढीले घर भत्काएपछि घर बनाउन नसकेर अहिले पनि त्रिपाल टाँगेरै जीवन गुजारा गरिरहेका छन् ।

‘बाढीले बस्ती नै उजाडिदियो, सक्नेहरुले खोला पारीको गाँउमा घर बनाएर बसाइ सरे’, मोर टोलका स्थानीय पन्निलाल महत्तोे नुनीया भन्छन्, ‘हामी गरिबलाई बिहान बेलुकीकै छाक टार्न गाह्रो । बाढीले भत्काइदिएको घर अझै बनाउन सकेका छैनौँ, अहिले पनि त्रिपालमुनी बालबच्चा राखेर गुजारा गरिरहेका छौँ ।’

अन्योलमै नमुना बस्ती
गत वर्षको साउनमा आएको बाढीले टोलमा रहेका सबै घर भत्काइदिएपछि राहत बाँड्न काठमाडौंबाट नेपाल उद्योग वाणिज्य महासंघको एक टोली मोर टोलमा पुगेको थियो । बाढीले बस्ती नै तहसनहस भएर स्थानीयहरु घरबार बिहिन बनेको देखेपछि उक्त टोलीले त्यहाँ एकीकृत नमुना बस्ती बनाइदिने आश्वासन दिएको थियो ।

महासंघको टोलीले पीडितमध्येका करिब ३५ परिवारलाई घर बनाइदिने आश्वासन दिएपछि स्थानीयले खोला पारिको गाँउमा सामुहिक रुपमा १५ कठ्ठा जग्गा पनि किनिसकेका छन् ।

उनीहरुले एकीकृत नमुना बस्तीका लागि इन्जिनियरबाट अनुमानित योजना लागत, नक्सा लगायत कागजात पनि तयार पारिसके । एकीकृत नमुना बस्तीका लागि इन्जिनियरले बनाएको कागजातमा एउटा परिवारका लागि चार लाख ५० हजार रुपैयाँ खर्च लाग्ने उल्लेख छ ।

यसरी इच्छुक ३५ परिवारका लागि बनाइने एकीकृत नमुना बस्तीको कुल लागत एक करोड ५७ लाख ५० हजार रुपैयाँ पर्न जान्छ । एकीकृत नमुना बस्ती बनाइदिने आश्वासन पाएपछि सामुहिक जग्गाा खरिद गर्नुका साथै लागत इस्टिमेट बनाएपछि भने आश्वासन दिएको महासंघ अहिले सम्पर्क विहिन भएको स्थानीयहरुको गुनासो छ ।

सबैलाई एकै ठाँउमा घर बनादिने भन्दै खोला नलाग्ने ठाँउ हेर्न आश्वासन दिएको थियो महासंघले । सोही अनुरुप स्थानीयले सहकारीबाट कर्जा निकालेरै १५ कठ्ठा जग्गा पनि किने । मोर टोलकी फूल कुमारी बिनले भनिन्, ‘इन्जिनियरलाई पैसा दिएर नक्सा पनि बनायौँ, तर अहिले उहाँहरु कता हराउनु भयो अत्तो पत्तो छैन ।’

गायिका पन्तको आश्वासन
मोर टोलका बाढी पीडितहरु घर बनाउन नसकेर अहिले पनि त्रिपालमै गुजारा गर्न बाध्य रहेको खबर पाएपछि बुधबार मोर टोलमा पुगेर गायिका अन्जु पन्तले एकीकृत नमुना बस्ती बनाउन आफू सकरात्मक रहेको आश्वासन दिएकी छन् ।

‘अहिले पनि यहाँका बाढी पीडितहरु घर बनाउन नसकेर त्रिपालमै गुजारा गर्न बाध्य रहेछन्,’ मोर टोलमै बुधबार भेटिएकी गायिका अन्जु पन्तले भनिन्, ‘मोर टोलका बाढी पीडितका लागि एकीकृत नमुना बस्ती बनाउने विषयमा सकरात्मक छु म ।’

पन्तले आफ्नै नामबाट अन्जु पन्त फाउन्डेशन समेत स्थापना गरी त्यसको अध्यक्ष छिन् । काठमाडौं फर्किएपछि फाउन्डेशनको बैठक राखी यस बारेमा निर्णय लिने उनले बताएकी छन् ।

एकीकृत बस्तीका लागि लाग्ने झण्डै डेढ करोड खर्चका लागि दाता जुटाउन पहल गर्ने उनको भनाइ थियो । यस टोलमा नमुना बस्ती बनाउने आफ्नो संस्थाको पहिलो प्राथमिकता रहेको उनले बताइन् ।

गाउँपालिकाकी उपप्रमुख ममता महत्तो थारुले पनि एकीकृत नमुना बस्ती बनाउन गायिका पन्त र उनको फाउण्डेशनसँग सहकार्य गर्न गाउँपालिका तयार रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘यसका लागि गाउँपालिकाकाले के गर्नु पर्छ हामी तयार छौँ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.