बाघदूत ! जो बाघको पञ्जाबाट फुत्के र बाघकै संरक्षणमा जुटे

बाघदूत ! जो बाघको पञ्जाबाट फुत्के र बाघकै संरक्षणमा जुटे

काठमाडौं : ‘चोरीशिकारी नियन्त्रणकै अभियानमा थिएँ, तर बाघले मलाई नै छाडेन। पाटेबाघको पञ्जाबाट फुत्किएर ज्यान त बचाएँ, बायाँ आँखा बचाउन सकिनँ,’ बर्दिया मधुवनका भदै थारुले कहालीलाग्दो कथा सुनाए। उनलाई दिउँसै १ बजे पाटेबाघले झम्टेको थियो। तीन मिनेटसम्म बाघसँग उनी लछारपछार गरे। आँखा गुम्यो। टाउको, गर्धन र हात पूरै चोटैचोट भयो। यो २०६० साल पुस २२ गतेको घटना हो।

भदै चोरीशिकारी अनुगमनमा जंगल पुगेका थिए। खोला नजिकै थियो। बाघ दिउँसो पानी पिउन निस्किएको रहेछ। एक्कासि उनलाई झम्टियो। भदै गौरी महिला सामुदायिक वनका अध्यक्ष र खाता क्षेत्र चोरीशिकारी नियन्त्रण समितिको संयोजक थिए।

१६ वर्षअघि बाघले आँखा फुटाइदिए पनि उनी निरन्तर बाघ संरक्षणमा जुटिरहे। मधुवनका अन्य उपभोक्ता बाघले बाख्रा लैजाँदा रिसाउँछन्। तर भदै थारु बाघले आँखा लगे पनि बाघको संरक्षणमा निरन्तर लागि परेको देख्दा सबै उनको प्रशंसा गर्छन्। भदैले लेखपढ गर्ने मौका पाएनन्। १५ वर्षमै उनको बिहे भयो। सात वर्ष कमैया बसे। मधुवन नपा–३ बर्दियामा जन्मिएका ५१ बर्से भदै बाल्यकालदेखि नै संरक्षण अभियानमा छन्।

मुख्य पेशा कृषि भए पनि सामुदायिक वनको अगुवा भएर वन र वन्यजन्तु संरक्षण गर्दै आएपछि विश्व वन्यजन्तु कोषले समेत कामको प्रशंसा गर्दै पुरस्कृत गरेका छन्। विश्वको सम्पत्ति संरक्षण गरेको भन्दै २०६७ सालमा मधुवनमा वन समूहको उद्घाटन गर्न आएका बाघदूत ‘टाइटानिक’का अभिनेता लियोनार्दो डिक्याप्रियोले आँखा छेक्न चस्मा दिए। उनले विदेशी पर्यटक र अभिनेता–अभिनेत्रीबाट नगद पुरस्कार पनि पाए। ठट्टा गर्दै भदैले भने, ‘दोस्रो जन्म हुँदोरहेछ भने बाघ बनेर जंगलको राजा बन्न इच्छा छ।’ उनले गीतमार्फत पनि संरक्षणमा सचेतना गर्दै आएका छन् भने थारु भाषामा संरक्षणको सन्देश दिने गरी वृत्तचित्र पनि निर्माण गरेका छन्।

पर्यावरणको सुरक्षा बाघमा निर्भर भएको आफूले बुझेको पनि उनले सुनाए, ‘बाघ नभए हामी हुन्नौं, त्यसैले म संरक्षणमा लागेको हुँ।’ उनको सक्रियतासँगै खाता क्षेत्रमा चोरीशिकारी कम हुँदै गएको तथ्यांकले देखाएको छ। ‘युवा छँदा भदै संरक्षणमा हिरोको भूमिकामा थिए, अहिले पनि बुवाको भूमिकामा छन्’, विश्व वन्यजन्तु कोषका कार्यक्रम संयोजक भरत गोतामेले बताए।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनिया घाट पशुविहार जोड्ने मुख्य जैविक मार्ग नै खाता संरक्षण क्षेत्र हो। यस क्षेत्रमा भदै थारुको योग्दान उच्च रहेको गोतामेले बताए। सरकारको समुदायस्तरसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको स्थानीय अगुवा बलिराम चौधरीले बताए। भदै थारुजस्ता व्यक्तिको योग्दानलाई राज्यले सम्मान नगरे संरक्षणका कार्यक्रम प्रभावकारी नहुने चौधरीले बताए।

खाता क्षेत्रमा संरक्षण वन क्षेत्र घोषणा गरेको तर कार्यक्रम नआएको उनको भनाइ छ। बाघको वासस्थान घटेको, आहारमा कमी आएको र वन्यजन्तु आफै झगडा गरेर मर्ने गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.