खोलामा डुबेर स्कुले बालिकाको मृत्यु
नुवाकोट : तादी खोलामा पौडी खेल्ने क्रममा एक स्थानीय स्कुले बालिकाको ज्यान गएको छ।
तादी गाउँपालिका-१ उर्लेनी, काल्चे घर भई स्थानीय मंगलेश्वरी आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत १२ वर्षिया अनिशा थिङ तामाङको खेलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा उनको तादी खोलाको अकरे दहमा डुबेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।
उनको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
४