सार्वजनिक बसमा निर्मलाका पोस्टर

सार्वजनिक बसमा निर्मलाका पोस्टर

महेन्द्रनगर : निर्मला पन्तको न्यायका लागि दोस्रो चरणको आन्दोलन सुरु गरेको नागरिक संघर्ष समितिले शनिबार महेन्द्रनगरमा सार्वजनिक यातायातमा निर्मलाको फोटोसहितको पोस्टर टाँसेको छ । पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित बसपार्क क्षेत्रमा भेला भएका अधिकारकर्मीले बसपार्कबाट बाहिरिने सबै बसमा पोस्टर टाँसेका हुन् । बसमा पोस्टर टाँस्न खोज्दा बसका केही कर्मचारीले रोकेका थिए भने केहीले उक्काएका थिए ।

बसपार्कमा नेपाल-भारत मैत्री बस सेवा उद्घाटन समारोह चलिरहँदा केहीबेर त्यहाँसमेत निर्मलाको फोटो अंकित पोस्टरसहित अधिकारकर्मीले धर्ना दिएका थिए । ‘हामीले आफ्नो आन्दोलनको कार्यक्रमअन्तर्गत शनिबार सार्वजनिक यातायातमा पोस्टर टाँसेका हौं’, नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारीले भनिन्, ‘ निर्मलाका हत्यारा सार्वजनिक भई न्याय नपाएसम्म आन्दोलन रोकिँदैन ।’

२३ गते तराजु, राष्ट्रिय झन्डासहित आँखामा कालोपट्टी बाँधेर २ घण्टा धर्ना दिने, २४ गते प्रशासन कार्यालय र २५ गते मुख्यमन्त्री कार्यालयबाहिर निर्मलाको शव बनाएर धर्ना दिने र २६ गते बिहान प्रभातफेरीसहित प्रशासन कार्यालयबाहिर होम गर्ने समितिका कार्यक्रम छन् । छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर आमाबुवाले कात्तिक २५ गतेदेखि सुरु गरेको अनिश्चितकालीन धर्ना भने जारी छ ।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.