नेपाल-भारत मैत्री बस सेवा सुरू

नेपाल-भारत मैत्री बस सेवा सुरू

महेन्द्रनगर : कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनसम्म शनिबारदेखि बस सेवा सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन र वातारण राज्यमन्त्री प्रकाश रावल र भारतको उत्तराखण्ड राज्यको खटिमा क्षेत्रका विधायक पुष्करसिंह धामीले संयुक्त रूपमा बस सेवा उद्घाटन गरेका हुन् ।

मैत्री बस सेवा उद्घाटन गर्दै राज्यमन्त्री रावलले भने, ‘भारतका पर्यटक नेपाल आउन र नेपालका पर्यटक भारतसम्म जान अब निकै सहज हुनेछ ।’ उनले सीमामा आउजाउ गर्ने मानिसले भोग्दै आएका समस्या पनि बस सेवाले केही कम हुने बताए । उद्घाटन समारोहमा खटिमा क्षेत्रका विधायक धामीले दुई देशबीच मैत्रीपूर्ण बस सेवा सञ्चालन एक कोसेढुंगा सावित हुने भन्दै आफ्नो तर्फबाट आवश्यक सबै सहयोग गर्न तत्पर रहेको बताए ।

नेपाल-भारतबीच सन् २०१४ मा भएको नेपाल-भारत मैत्री सेवा सम्झौताअनुरूप बस सेवा सुरु भएको हो । भारतको उत्तराखण्ड परिवहन निगमले र महेन्द्रनगरमा महाकाली यातायात बस व्यवसायी कम्पनी प्रालिले बस सञ्चालनको अनुमति पाएका हुन् । महेन्द्रनगरदेखि हरेक दिन भारत र नेपालको एक÷एकवटा बस देहरादुन प्रस्थान गर्नेछन् र सोही रुट भएर २ वटा बस फर्किनेछन् । महेन्द्रनगरदेखि ना.७ ख ३४३२ नम्बरको बस शनिबार देहरादुनका लागि प्रस्थान गरेको छ । भाडादर भने ६ सय ४० भारतीय रुपैयाँ तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.