विद्यार्थीले गरे आफ्नै विद्यालयमा तोडफोड

विद्यार्थीले गरे आफ्नै विद्यालयमा तोडफोड

भरतपुर : भरतपुर महानगरपालिका ८ गौरीगञ्जस्थित श्री माद्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीसहित तीनजना मिलेर विद्यालयको भौतिक सामाग्री तोडफोड गरेका छन्। 

शनिबार बिदाको दिन पारेर विद्यालय हाताभित्र प्रवेश गरी तोडफोड गरिएको विद्यालयले जनाएको छ। 

विद्यालयका प्रधानाध्यापक हुतराज उपाध्यायका अनुसार सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत रमित बिक र कक्षा ९ मा अध्ययनरत नवीन बिकसहित पूर्वविद्यार्थी दीपेश तामाङ र राजेश कार्कीलाई तोडफोड गरेको आरोपमा आइतबार बिहान चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। 

उनीहरूको हातमा चोटसमेत लागेको छ। उनीहरूले २३ थान कम्प्युटर, फिजिक्स ल्याबमा रहेका विज्ञानका सामाग्री, ह्वाइट बोर्ड, बुक कर्नर, पंखालगायतमा तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक उपाध्यायले जानकारी दिए। 

उनका अनुसार विद्यालयले यसै वर्षदेखि सिटिइभिटीका कक्षा सञ्चालन गरेको थियो। उक्त तोडफोडबाट ७० देखि ७५ लाख क्षति भएको विद्यालयले अनुमान गरेको छ। 

विद्यालयमा बिहीबारदेखि दोस्रो त्रैमासिक परीक्षा चलिरहेको छ। उनीहरुलाई अभद्र व्यवहार गरेको आरोपमा सार्वजनिक मुद्दा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहले जानकारी थिए। 

एक विद्यार्थीले घरायसी विवाद अभिभावकले शिक्षकलाई सुनाए लगत्तै शिक्षकले आफूहरुमाथि निगरानी बढाएको रिसमा विद्यालय तोडफोड गरेको प्रहरीसँगको बयानमा स्वीकार गरेका छन्। 

तोडफोडमा संलग्न चारैजनामाथि थप अनुसन्धान भइरहेको शाहले बताए। २०१७ सालमा स्थापना भएको विद्यालयमा हाल ३५० जना विद्यार्थी अध्ययनरत छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.