अख्तियारको चार महिनामा नौ 'स्टिङ अपरेसन'

अख्तियारको चार महिनामा नौ 'स्टिङ अपरेसन'

हेटौंडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौंडाले चालु अर्थिक वर्ष ०७५/७६ को पहिलो चौमासिकमा नौ वटा सरकारी निकायमा स्टिङ अपरेसन गरेको छ । तीमध्ये सबैभन्दा बढी चार स्थानीय निकाय छन् ।

धोबिनी गाउँपालिका पर्सा, थाहा नगरपालिका, मकवानपुर, नापी कार्यालय गौर र वीरगंज उपमहानगरपालिकामा गरेको अपरेसन गरेको हो । यस अवधिमा सहरी विकास तथा भवन निर्माण डिभिजन भैरहवा, श्री जुद्ध उमावि गौर, विद्युत् प्राधिकरण गौर, शिक्षा विकास तथा समन्वय पर्सा र जिल्ला प्रहरी पर्सामा पनि अपरेसन गरिएको अख्तिर कार्यालय हेटौंडाकी प्रमुख हुमकला पाण्डेले बताइन् ।

नौ ठाउँमा गरिएको अपरेसनका क्रममा १२ जनालाई रंगेहात पक्राउ गर्नुका साथै १६ लाख ८१ हजार नगद र २४ लाख २२ हजार रुपैयाँ बराबरको बैंक भौचर बरामद गरिएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिइन् ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म अख्तियार हेटौंडाले दुई सय ५५ वटा मुद्दा फस्र्यौट गरेको जनाएको छ । यस अवधिमा अघिल्लो आर्थिक वर्षबाट तानिएका दुई सय ७८ सहित थप पाँच सय ५५ वटा मुद्दा दर्ता भएका थिए । विस्तृत अनुसन्धानतर्फ २३ वटा मुद्दा फस्र्यौट भएका र ३३ वटा बाँकी रहेको कार्यालयले जनाएको छ। ‘नियमनकारी निकायबाट प्रभावकारी नहुनु र नीति नियम पालनामा कर्मचारी उदासीन हुनाले भ्रष्टाचार न्यूनीकरणमा चुनौती देखिएको छ’, पाण्डेले भनिन् ।

स्थानीय तहमा बढी भ्रष्टाचार

अख्तियारमा सबैभन्दा बढी उजुरी स्थानीय तहको आउने गरेको आयोग हेटौंडाका सूचना अधिकारी देवकुमार राईले बताए । ‘जनप्रतिनिधि, विकास र सामाजिक सुरक्षा भत्ता दुरुपयोगका उजुरी बढी परेका छन्’, उनले भने । साथै चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म दुई सय ४९ बेनामे उजुरी परेको कार्यालयका सिनियर डिभिजन इन्जिनियर भीमार्जुन पाण्डेले बताए । उनले भने, ‘सकेसम्म छिटो अनुसन्धान र कारवाही पक्रिया अघि बढाउने गरेका छौं ।’ गत आर्थिक वर्षमा परेका दुई सय ८५ बेनामे उजुरीमध्ये एक सय ७५ वटा उक्त अवधिमै फस्र्यौट भएका कार्यालय जनाएको छ ।

प्रदेश ३ आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले तीन प्रदेश ३ सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लिएको बताए । आयोगले आइतबार हेटौंडामा गरेको अन्तक्र्रियामा उनले भने, ‘भ्रष्टाचारमुक्त प्रदेश बनाउने हाम्रो लक्ष्य छ ।’ 

कार्यक्रमम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव रमेशप्रसाद सिवाकोटी र सिनियर डिभिजन इन्जिनियर भीमार्जुन पाण्डले प्रदेश ३ मा भ्रष्टाचारविरुद्धको अभियान र सरकारको कामबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.