कञ्चनपुरमा १२ वर्षीय बालक मृत भेटिए, हत्या गरिएको आशंका

कञ्चनपुरमा १२ वर्षीय बालक मृत भेटिए, हत्या गरिएको आशंका

महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुरमा एक १२ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन्। कृष्णपुर नगरपालिका वडा नम्बर ४ अत्तरिया घर भएका १२ वर्षीय बालक विवेक वम मृत अवस्थामा भेटिएका हुन्। घरदेखि २ सय मिटरको दुरीमा रहेको छिमेकीको घरको पछाडीपट्टी गँहुको भुसा राखिएको खुल्ला सटरमा मृत भेटिएकोे प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान ५ बजे बालकको शव भेटिएको थियो। ‘आइतबार दिउँसो १२ बजे घरबाट खाना खाएर बालक निस्केको देखियो’ एसपी कडायतले भने, ‘साँझपखसम्म छिमेक र अन्य क्षेत्रमा खोजी गरे पनि प्रहरीलाई भने सोमबार बिहान मात्र जानकारी भयो।’ 

परिवार र स्थानीयले बालक गँहुको भुसा राखेको स्थानमा भेटेपछि जिउँदै हुनसक्ने आशामा बोकेर घरसम्म पुर्याएको प्रहरीले जनाएको छ। मृत बालक ढाँडमा निलडाम, कानबाट रगत बगेको, नाकमा चिल्लो पदार्थ लागेको र दिसा गरेको अवस्थामा भेटिएका थिए। 

प्रहरीले बालक मृत भेटिएपछि कुकुर ल्याएर अनुसन्धान गरेको छ। ‘हामीले बालक मृत भेटिएको जानकारी पाए लगत्तै प्रहरीसमेत परिचालन गरेर हे¥र्यौँ’ एसपी कडायतले भने, ‘बालक भेटिएको ठाउँबाट पहिले नै शव उठाएर घर लगिसकेकाले कुकुरले समेत दोषी पत्ता लगाउन सकेन।’ 

परिवारका सदस्यले भने हत्या गरिएको हुन सक्ने आशंका गरेका छन्। प्रहरीले मृत्यु शंकास्पद नै रहेको भन्दै अनुसन्धान शुरु गरिएको बताएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्यु के कति कारणले भएको खुल्ने प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.