१ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद
विराटनगर : विराटनगर महानगरपालिका १५ को विभिन्न ठाउँबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ। प्रहरीले भारतबाट अवैध रुपमा भन्साल छली गरेर ल्याएको 1 लाख ३ हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ। बरामद गरिएका सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।
इलाका प्रहरी कार्यालय रानीको टोलीले चेकजाँचका क्रममा किराना पसलका सामान, लत्ताकपडा र गहुँको बिउ बरामद गरेको हो।