प्रधानन्यायाधीश भन्छन् : अदालतमा भ्रष्टाचार भयो भनेर मात्रै हुँदैन, प्रमाण पनि दिनू

प्रधानन्यायाधीश भन्छन् : अदालतमा भ्रष्टाचार भयो भनेर मात्रै हुँदैन, प्रमाण पनि दिनू

बनियानी (झापा) : प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले अनावश्यक टिप्पणीले न्यायालय कमजोर हुने बताएका छन् । 

'अदालतमा विकृति मौलायो, भ्रष्टाचार भयो भनेर मात्रै हुँदैन, कसले कहाँ कति लियो, त्यो पनि उजुरी गर्नुपर्छ', नेपाल बार एशोसिएशनले गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधान न्यायाधीश मिश्रले भने । न्यायालयलाई विकृतिमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको उनले बताए । 

न्यायपालिकाको स्वतन्त्रता र निर्भिकताका लागि नेपाल बार एशोसिएशनको भूमिका प्रभावकारी हुनुपर्नेमा समेत उनले जोड दिए। प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले न्यायालयलाई अझै जिम्मेवार र जवाफदेही बनाउन सकिए मात्रै जनताले न्यायको अनुभूति गर्न सक्ने बताए । 

बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले न्यायाधीश र कानून व्यवसायी सच्चिने भए ७५ प्रतिशत भ्रष्टाचार कम हुने दाबी गरे । एशोसिएशन झापाको संयोजनमा भएको सम्मेलनमा देशभरका एक हजार कानून व्यवसायीको सहभागिता रहेको थियो । सम्मेलन सातबुँदे झापा घोषणापत्र जारी गरेको एशोसिएशन झापाका अध्यक्ष सुरज खत्रीले बताए  । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.