हिमालमा डोरी टाँगेको नमिल्दा दुर्घटना

हिमालमा डोरी टाँगेको नमिल्दा दुर्घटना

काठमाडौं : एक महिनाअघि एक विदेशी आरोहीले हिमालमा टाँगिने डोरीको मापदण्ड नपुगेको भन्दै सुधार गर्न पर्यटन विभागमा पुगेर सुझाए। अग्ला र अप्ठ्यारा हिमाल डोरीकै सहायतामा आरोहण गरिन्छ। तर विभागले दक्षता विनाका संस्था र व्यक्तिलाई डोरी टाग्ने जिम्मा दिँदा दुर्घटना बढ्दै गएको छ।

आरोहीलाई सहयोग गर्न टाँगिने डोरी प्राबिधिक ज्ञान नभएका व्यक्तिले जथाभावी टाँग्दा दुर्घटना हुने गरेको र पर्यटन विभागले अनुगमन नगरेको आरोहीको आरोप छ। डेथजोन (मृतक्षेत्र) मानिने उच्चहिमाली क्षेत्रमा मापदण्ड विना डोरी टाँगिए पनि पर्यटन विभागले चासो नदेखाएको अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक छिरिङ पाण्डे भोटले बताए। डोरी टाँग्ने तरिका नमिलेकाले दुर्घटना बढेको विभागमा जानकारी गराए पनि सुनुवाई नभएको भोटेको गुनासो छ।

सगरमाथा, ल्होत्से, नुप्से, मनास्लु, आमादव्लम, मकालु, कञ्चनजंगालगायत अग्ला हिमाल डोरीकै सहायतामा आरोहण गरिन्छ। पर्वतारोहणसम्बन्धी संसारभरका मुलुक सहभागी रहेको ‘अन्तराष्ट्रिय आरोहण तथा पर्वतारोहण महासंघ’ (यूआइएए) ले सुरक्षित रुपमा आरोहण गराउन निश्चित मापदण्ड तोकेको छ।

हिमालमा प्रयोग हुने डोरी, ज्यूमर, आइसएक्स, हार्डनेस, क्याराविनर, रक पिटनजस्ता महत्वपूर्ण सामग्रीको सही प्रयोग नभएको भन्दै विदेशी आरोहीले नेपालको हिमाल आरोहण असुरक्षित भन्ने गरेको ट्रेकिङ व्यवसायी ओङछु शेर्पाले बताए। यूआइएएले पर्वतारोहणमा प्रयोग हुने सामाग्रीलाई सफल परीक्षण गरेपछि मात्र बिक्री गर्न अनुमती दिन्छ।

पर्यटन विभागले विना आधार ‘पर्वतारोहण सञ्चालक संघ’ नामकक संस्थालाई डोरी टाँग्ने जिम्मा दिएको छ। यो संस्थामा सुरक्षित आरोहणबारे तालिम प्राप्त र तोकिएका मापदण्ड पुरा गरेका दक्ष प्राबिधिक छैनन्। तर पनि विभागले प्रति आरोही दुई सय अमेरिकी डलर असुल गर्न लगाएर मापदण्ड विना डोरी टाँग्ने जिम्मा दिदै आएको पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष लाक्पा शेर्पाको भनाइ छ।

हिमालमा हिउँमात्र नभई ढुँगाबाट पनि त्यतिकै चढ्नु पर्ने भएकाले डोरी टाँग्ने आधारभूत मापदण्ड पुरा नगरेको शेर्पाको आरोप छ। ४० डिग्रीमा हुने गरी डोरीलाई झुण्ड्याएर अर्को डोरीलाई लक (क्याराविनर)को सहायतामा प्रयोग गर्नु पर्ने भए पनि डोरी जथाभावि प्रयोग गरेको र डोरी माथि डोरी बाँधेकाले घर्षणका कारण चुटिएर दुर्घटना हुने गरेको छ। पर्वतारोहणमा कसरी सुरक्षा अपनाउने भन्ने विषयमा ‘नेपाल राष्ट्रिय पर्वतीय पथ प्रर्दशक संघ’ले मात्र तालिम नेपालमा दिने गर्छ। विश्वभर पर्वतारोहणसम्बन्धी सुरक्षाको अवस्था ‘अन्तराष्ट्रिय पर्वतीय पथप्रर्दशक महासंघ’ ले अनुगमन गर्छ। नेपालमा तालिम दिने संघ यो महासंघको सदस्य संस्था हो।

पुराना डोरी नउठाउँदा बाटै भरी डोरी भेटिने र आरोहणमा समस्या हुने गरेको आरोही पासाङल्हामु शेर्पाले बताइन्। डोरी टाँग्न दक्षता प्राप्त संस्था ‘नेपाल राष्ट्रिय पर्वतीय पथ प्रर्दशक संघ’मा ५८ जना दक्ष प्राबिधिक आवद्ध भएकाले संघलाई जिम्मा दिँदा प्रभावकारी हुने उनको भनाइ छ। विभागले प्रत्येक आरोहीसँग दुई सय अमेरिकी डलर असुल गर्न लगाएर केही रकम लिने गरेको आरोहीको आरोप छ।

डोरी टाँग्ने जिम्मा पाएको पर्वतारोहण सञ्चालक संघले पुराना डोरी संकलन गरेको छैन। बरु उल्छै पुराना डोरी संकलन गर्न विभागले बजेट छुट्याउन माग गर्दै आएको छ। यो संस्थाले बार्षिक रुपमा आरोहीबाट करोडभन्दा बढी रकम असुल गर्ने गरेको छ। जसको कुनै हिसावकिताब विभागसँग छैन। डोरी टाँग्ने संस्थाले उठाउनुपर्ने प्रावधान भएकाले त्यसमा कडाइ गर्नुपर्नेमा सजिलै डोरी टाँग्ने जिम्मा दिनुले लेनदेनको आशंका उत्पन्न भएको छ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटनसँग सम्बन्धीत संस्थासँग छलफल गरी सुझाव मागेका छन्। यस बर्ष सोही अनुसार निर्णय गर्ने तयारीमा जुटेको विभागका सूचना अधिकारी सुरेन्द्र थापाले बताए। आरोहण हुने हिमालमा डोरी टाँग्ने, भर्‍याङ राख्ने, क्याम्प निर्माणजस्ता काम ठेक्काबाटै गराउने केही महिना अघि मन्त्रीपरिषदले निर्णय गरेको छ। यी सबै काम विभागले बोलपत्रबाट शुल्क तोकेरै गराउनु पर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.