पूर्वमिस नेपाल सुब्बाले सुनाइन महिनावारीको पीडा..

पूर्वमिस नेपाल सुब्बाले सुनाइन महिनावारीको पीडा..

काठमाडौं : छोराको अन्नप्राशन (पास्नी) मा घरमा भएको व्यवहारले पूर्वमिस नेपाल माल्भिका सुब्बालाई अहिले पनि पिरोल्छ। छोरा हुर्किए पनि उनलाई विगतको पीडाले पोल्न छोडेको छैन।

शुक्रबार राजधानीमा आयोजित महिनावारी स्वास्थ्य व्यवस्थापन कार्यक्रममा उनले विगतको पीडा पोखिन्। ‘नौ महिना गर्भमा राखेको छोरालाई अन्न खुवाउने अधिकार त्याग्न मन लागेन’, उनले भनिन्, ‘रातभरी सोचेँ। विभेद भो भन्दै श्रीमानलाई सुनाए।’

महिनावारी हुँदा भान्छामासमेत जान नहुने छुवाछुतको व्यवहार उनले माइतीमा सहनु परेन। विवाहपछि भने यस्तो व्यवहार उनलाई चित्त बुझेन। 

महिनावारीका कारण पूर्वमिस नेपाल सुब्बाले मात्र होइन सहर र गाउँका किशोरी एवं महिलाको पीडा भोग्नुपर्ने बाध्यता कायमै छ। घरपरिवार एवं समाजबाट गरिने उपेक्षा एवम् हिंसा सामान्यतया दश वर्षदेखि नै किशोरीले भोग्दै आएका छन्। सहरमा भन्दा गाउँमा दुव्र्यवहार बढ्दो छ।

अछामका भक्ति शाह महिनावारी हुँदा डराउँदै छाउगोठमा बस्नु पर्‍यो। ‘देख्दा पुरुष भए पनि महिला हुँ। प्याड किन्न जाँदा खुट्टादेखि टाउको सम्म हेर्छन्। तनाव महसुस हुन्छ’, तेस्रो लिंगी शाहले पीडा सुनाइन्। 

सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लामा महिनावारीका बेला छाउगोठमा बस्नु पर्ने बाध्यता अझै छ। महिनावारीका बेला पूजा गर्नु नहुने, मन्दिर जानेलगायतका शुभकार्य गर्नबाट बञ्चित हुनुपरेको महिला बताउँछन्।

सहरी क्षेत्रका विद्यालयमा समेत पानी र सरसफाई सुविधासहितको शौचालय छैनन्। महिनावारी हुँदा प्रजनन अंगको सरसफाई नगरे संक्रमणको जोखिम हुन्छ। स्कुलमा शौचालय, साबुन–पानी र सेनिटरी प्याडको व्यवस्था नहुँदा किशोरी पढाई छोड्न बाध्य छन्। 

‘शिक्षित परिवारमा हुर्केपनि महिनावारी हुँदा काकीको घरमा जानु पर्‍यो। बन्दी झैं जीवन बिताउनु पर्‍यो,’ रुबि राउतले विगत सम्झिइन्।

महिनावारी भएको बेला सहरमै पनि दुव्र्यवहार हुने गरेका छ। गाउँका किशोरी एवं महिलाले भने हिंसा सहनु पर्ने अवस्था छ। विशेषगरी १० देखि १९ वर्षका किशोरी महिनावारीको समस्याकै कारण विद्यालय छोड्न बाध्य छन्। 

महिनावारी भएकै आधारमा किशोरी एवं महिलामाथि हुने दुव्र्यवहारको अन्त्य गर्न जागरण अभियान संचालन गर्नुपर्ने महिला अधिकारकर्मी बन्दना राणाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.