कतारसँगको श्रम सम्झाैता परिमार्जन हुने

कतारसँगको श्रम सम्झाैता परिमार्जन हुने

काठमाडौं : नेपाल र कतारबीच श्रम सम्झौता परिमार्जन हुने भएको छ। सम्झौता परिमार्जन गर्न नेपाली टोली डिसेम्बर अन्तिम साता कतार जाने भएको छ। दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोलीको डिसेम्बर अन्तिमभित्र बैठक बस्ने तयारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। प्राविधिक टोलीमा श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयलगायतका अधिकारी सहभागी हुनेछन्।

मोरक्को पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र कतारका श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ महम्मदबीच सम्झौता परिमार्जन गर्ने विषयमा आइतबार छलफल भएको थियो। सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जीसीएम) महासभामा सहभागी हुन पुगेका दुवै मन्त्रीबीच भएको भेटवार्ताका क्रममा परिमार्जनका लागि दुवै देशका प्राविधिक टोलीले पहल थाल्ने सहमति जनाएका छन्।

मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालका अनुसार दुई मन्त्रीबीच आप्रवासी श्रमिकका विषयमा छलफल भएको हो। प्रवासी श्रमिकका पक्षमा विभिन्न कल्याणकारी कार्यक्रम सुनिश्चित र आप्रवासी श्रमिकका अधिकार तथा संवेदनशीलता सम्बोधन गर्ने विषयमा समेत छलफल भएको खनालले जानकारी दिए।

सम्झौता परिमार्जन गर्न नेपाली टोली डिसेम्बर अन्तिम साता कतार जाने भएको छ।

सन् २००५ मा कतारसँग श्रम सम्झौता भए पनि त्यो कामदारमैत्री नभएका कारण नेपालले परिमार्जन गर्न चाहेको छ। सन् २००५ मा भएको सम्झौतालाई समसामयिक बनाउन कतारसमेत इच्छुक देखिएको छ। शून्य लागतमा कामदार पठाउने गरी सम्झौता गर्ने सरकारको तयारी छ। संयुक्त प्राविधिक टोलीले छिट्टै बैठक बसेर कुन–कुन क्षेत्रमा परिवर्तन गर्ने भन्ने बारेमा टुंगो लगाउने भएको छ।

कमिटीले हरेक वर्ष बैठक बसेर श्रमसम्बन्धी समस्या समाधान गर्दै आएको भए पनि यस वर्ष बैठक बस्न सकेको छैन। सम्झौता परिमार्जनका लागि मन्त्रालयले मस्यौदा तयार गरिसकेको छ। आउँदो मार्चबाट कतारसँगको सम्झौता सकिँदै छ। वैदेशिक रोजगार विभागका अनुसार कतारमा १० लाखभन्दा बढी कामदार छन्। तर कति कामदार फर्र्किए भन्ने विभागसँग तथ्यांक छैन। सरकारले २०७२ सालदेखि नै फ्री भिसा र टिकटको व्यवस्था गरे पनि कार्यान्वयन हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.