निर्मला पन्तको जन्मदिन आज, धर्ना र होम गरिँदै
कञ्चनपुर : गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तको आज मंसिर २६ गते चौँधौँ जन्मदिन हो ।
उनको जन्मदिनको अवसर पारेर आज दिउँसो १२ बजेपछि जिल्ला प्रशासन कार्यालयको गेटमा निर्मलाको निम्ति न्यायको माग गर्दैै होम गर्ने कार्यक्रम रहेको छ । साथै उनको नाममा वत्ती बाल्ने कार्यक्रम छ ।
अधिकारकर्मीहरुले निर्मलाका पिता यज्ञप्रसाद लगायत धर्ना बसिरहेको ठाउँमा कार्यक्रम गर्ने बताएका छन् । नागरिक संघर्ष समितिका अगुवाहरुले दोषीलाई कारवाहीको माग गर्दै दबाव स्वरुप नारा लगाउने बताइएको छ ।